काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि आज भएको पुनः मतदानको मतगणना जारी छ ।
३०० मत गणना हुँदा शेरबहादुर देउवाले १७४ र शेखर कोइरालालले १२४ मत प्राप्त गरेका छन् ।
दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान राति ९ बजे सम्पन्न भएको थियो । कुल चार हजार ७४३ मतदातामध्ये चार हजार ५६४ ले मतदान गरेका थिए ।