७ पुष २०८२, सोमबार
,
Latest
नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

घृणा र जातीयता प्रवर्द्धन गर्ने अभिव्यक्ति अस्वीकार गर्न ओबामाको आग्रह



अ+ अ-

काठमाडौं । पूर्व राष्ट्रपति बराक ओबामाले आफ्ना कुनै पनि नेताको घृणा र जातीयता प्रवर्द्धन गर्ने अभिव्यक्ति अस्वीकार गर्न अमेरिकीहरूलाई आग्रह गरेका छन्।

राष्ट्रपति ट्रम्पले आफ्नो आप्रवासी विरोधी भाषणले हिंसा चर्काएको भनेर भइरहेको आलोचना पन्छ्याउने प्रयत्न गरिरहेका बेला उनले पछिल्लो अभिव्यक्ति दिएका हुन्। तर उनले कसैको नाम लिएनन् ।

पछिल्लो बन्दुक आक्रमणहरूपछि राष्ट्रपति ट्रम्पले घृणा र गोराजातिको सर्वोच्चता चाहनेहरूको निन्दा गरेका थिए।उनले आमहत्यामा संलग्नहरूलाई मृत्युदण्ड दिइनुपर्ने र बन्दुक नियन्त्रण सम्बन्धी कानूनहरूबारे दलीय सहकार्य हुनुपर्नेमा पनि जोड दिएका छन्।

बीबीसीका उत्तर समेरिका संवाददाता पिटर बोवेसका अनुसार ओबामाले भने हामी सबैले सहनशीलता र विविधताको मूल्यमान्यता अङ्गाल्दै दैनिक व्यवहार गर्नुपर्छ। त्यो नै हाम्रो प्रजातन्त्रको विशेषता हो।ओबामाको धारणासँग एल पासो घर भएका डेमोक्र्याटिक पार्टीका राष्ट्रपति पदका आकाङ्क्षीले पनि सहमति जनाएका छन्।

ट्रम्पले कानुन परिवर्तन गरेर खतरनाक ठानिएका मानिसविरुद्ध कानुनी कारबाही गर्न सकिने सङ्केत समेत गरेका छन्।

राष्ट्रपति पदमा बहाल रहँदा ओबामाले बन्दुकको स्वामित्व नियन्त्रण गर्न गरेको प्रयास विफल भएको थियो।सन् २०१५ मा उनले बीबीसीलाई दिएको अन्तर्वार्तामा बन्दुकबाट जोगिनसक्ने साधारण खालका कानुन समेत पालना गर्न विफल हुनु आफ्नो कार्यकालको सबैभन्दा ठूलो निराशा भएको उल्लेख गरेका थिए।