काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले “२१ घातक रोग विरुद्ध रक्षावरण योजना” ल्याएको छ । १६–१८ सम्म प्रदेश नं. ५ को राजधानी बुटवलमा आयोजना भएको क्षेत्रिय तथा शाखा प्रबन्धक सम्मेलनको अवसरमा सार्वजनिक गरेको थियो ।
यस योजना अन्तर्गत कम्पनीका बीमितहरुले विभिन्न २१ घातक रोग विरुद्ध अधिकतम ५० लाख सम्मको आर्थिक सुरक्षा प्राप्त गर्न सक्नेछन । उक्त योजना सार्वजनिक भए सँगै कम्पनीका बीमितहरु आर्थिक अभावका कारण उपचार गर्नबाट बञ्चित नहुने कुरा कम्पनीले जनाएको छ ।
यस योजना सार्वजनिक हुनु अगावै बीमालेख लिइसकेका बीमितहरुले समेत यो योजनामा सहभागी हुन सक्ने व्यवस्था गरीएको छ । दावी भुक्तानी माग गर्दाको अवस्थामा स्वास्थ्य उपचारको रसिद पेश गर्नु पर्ने झन्झटबाट मुक्त हुने व्यवस्था रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले जानकारी दिए ।