७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन च्याम्पियनसिप टेबल टेनिसको लागि खुल्ला छनोट



अ+ अ-

काठमाडौं । एसियन च्याम्पियनसिप टेबल टेनिसको लागि खुल्ला छनोट गरिने भएको छ ।

अखिल नेपाल टेबल टेनिस संघले प्रेस विज्ञप्ति निकाल्दै इन्डोनेसियामा यहि सेम्टेम्बर १५ देखि २२ सम्म हुने एसियन च्याम्पियनसिप टेबल टेनिस प्रतियोगिताको लागि खुल्ला छनोट गर्ने भएको छ ।खुल्ला छनोट बुधबार हुँदैछ ।

खुल्ला छनोटबाट समान ४–४ महिला पुरुष खेलाडी अर्को चरणको लागि छनोट हुने छन् । छनोट भएका आठ खेलाडी र ४०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका अन्तिम १६ मा पर्न सफल महिला तथा पुरुष खेलाडी गरी अन्तिम चरणमा ४० जना खेलाडीको सहभागिता रहनेछ ।

यो अन्तिम राउण्डबाट तीन महिला र तीन पुरुष गरी ६ जना खेलाडीले इन्डोनेसियामा हुने एसियन च्याम्पियनसिप टेबल टेनिस प्रतियोगितामा भाग लिने छन् ।