७ पुष २०८२, सोमबार
,
Latest
संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँः नेपाली सेना नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकाका तिब्रगतिका बलर स्टेनले सन्यास लिए



अ+ अ-

काठमाडौं । दक्षिण अफ्रिकाका तिब्रगतिका बलर डेल स्टेनले टेष्ट क्रिकेटबाट सन्यास लिएका छन् ।

सन्यास लिदै उनले टेष्ट खेल क्रिकेटको सबैभन्दा राम्रो फम्र्याट भएको बताएका छन् । पछिल्लो पटक चोटग्रस्त बनेका डेलले टेष्ट क्रिकेट करिअरबाट सन्यास लिएका हुन् ।

सन् २००४ मा इंग्ल्यान्डविरुद्धको खेलमा डेब्यु गरेका डेलले ९३ टेष्ट खेलेका छन् ।उनले बलिङतर्फ ४३९ विकेट लिएका छन् भने ब्याटिङतर्फ उनले दुई अर्धशतकसहित १२५१ रन जोडेका छन् । टेष्ट क्रिकेटमा डेलको सबैभन्दा राम्रो प्रदर्शन भनेको ५१ रनमा सात विकेट लिनु हो ।

अब एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० क्रिकेटमा ध्यान केन्द्रित बनाउने बताएका छन् ।