७ पुष २०८२, सोमबार
,
Latest
‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कायरोमा मोनोरेल बनाउन ४.५ अर्ब डलरमा सम्झौता



अ+ अ-

मन्ट्रियल । क्यानाडाली कम्पनी बम्बार्डियरले इजिप्टको राजधानी कायरोमा दुई वटा स्वचालित मोनोरेल लाइन बनाउन चार अर्ब ५० करोड अमेरिकी डलरमा सम्झौता गरिएको जनाएको छ ।

राजधानी कायरोको अति व्यस्त सवारी चापको व्यवस्थापनका लागि नयाँ मोनोरेलको निर्माणले ठूलो सहजता ल्याउने बताइएको छ । यी मोनोरेलबाट प्रतिघण्टा करिब ४५ हजार यात्रुलाई गन्तव्यसम्म पुर्याउने सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अध्यक्ष ड्यानी डी पर्नाले कायरोको अस्तव्यस्त ट्राफिकलाई व्यवस्थापन गर्न यस परियोजनाले ठूलो सहयोग पुर्याउने बताए । कम्पनीद्वारा जारी विज्ञप्तिमा आगामी ३० वर्षसम्म मोनोरेलको निर्माण, विकास र मर्मतसम्भारमा तीनवटा कम्पनी मुख्यरुपमा जिम्मेवार रहने उल्लेख छ । कायरोमा हाल करिब दुई करोडभन्दा बढी मानिसको बसोबास छ ।

मोनोरेलको पहिलो लाइन ३४ माइल ९५४ किलोमिटर० को हुनेछ जसले कायरोको पूर्वी भागबाट नयाँ प्रस्तावित प्रशासकीय राजधानीलाई जोड्नेछ । दोस्रो लाइन भने २६ माइलको हुनेछ, र यसले गिजा नगरलाई जोड्नेछ ।

बम्बार्डियरले यसअघि ब्राजिलको साओपाउलो, थाइल्यान्डको बैंकक र चीनको उहुमा मोनोरेल निर्माण र सञ्चालन गरिरहेको छ ।