काठमाडौं । लामो समयदेखि निर्माणाधीन चाबहिल–साँखु सडकखण्ड कालोपत्र नहुँदा मारमा परेका बौद्ध व्यापार सङ्घ र स्थानीयवासीले पुनः यातायात अवरूद्ध पारेका छन्।
चार वर्षदेखि सडकखण्डको कामलाई अलपत्र छाडेको बताउँदै उनीहरुले मंगलबार प्रदर्शन गरेका हुन् । पाँच सयको सङ्ख्यामा रहेका स्थानीयवासी तथा व्यापारीले केही घन्टा यातायात समेत अबरुद्ध पारे । प्रर्दशनका क्रममा स्थानीय र प्रहरीबीच घम्साघम्सी समेत भएको छ ।
यसअघि २६ वैशाखमा पनि सडक कालोपत्रे गर्न माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो । तत्काल सडक मर्मत गर्ने सहमतिपछि आन्दोलन मत्थर पारिएको थियो ।सरकारले नागरिकको समस्याप्रति बेवास्ता गरिरहेको भन्दै मागको तत्काल सुनुवाइ हुनुपर्ने उनीहरूको माग छ।