काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि मङ्गलबार भएको पुनः मतदानको मतगणना जारी छ ।
राष्ट्रिय सभागृहमा जारी मतगणनामा अहिलेसम्म २२०० मत गनिएको छ । यस क्रममा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अग्रता लिएका छन् ।
सभापतिका उम्मेदवार देउवालाई १३०३ मत प्राप्त भएको छ भने उनका प्रतिद्वन्द्वी डा शेखर कोइरालाले ८५३ मत प्राप्त गरेका छन् ।