१३ असार २०८३, शनिबार
,
Latest
सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सभापतिको मतगणना : ३००० मत गन्दा देउवालाई १७८८ र कोइरालालाई ११८४



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि मङ्गलबार भएको पुनः मतदानको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवा र डा शेखर कोइरालाबीचको अन्तर थप फराकिलो हुदै गएको छ । 

राष्ट्रिय सभागृहमा जारी मतगणनामा अहिलेसम्म तीन हजार मत गनिएको छ । यस क्रममा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अग्रता लिनुभएको छ । 

सभापतिका उम्मेदवार देउवालाई एक हजार ७८८ मत प्राप्त भएको छ भने उहाँका प्रतिद्वन्द्वी डा शेखर कोइरालाले एक हजार १८४ मत प्राप्त गर्नुभएको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।