५ असार २०८३, शुक्रबार
,
Latest
आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६-० को फराकिलो जित ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

खानेपानीमन्त्री र सचिवका कारण राजधानीबासीले मेलम्चीको पानी पिउन पाएनन्: सांसद केसी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र कुमार केसीले खानेपानीमन्त्री र सचिवका कारण राजधानीबासीले मेलम्चीको पानी पिउन नपाएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा ‘खानेपानी तथा सरसफाइ विधेयक २०७५’ माथि को सैद्धान्तिक छलफलमा भाग लिँदै कांग्रेस सांसद केसीले मन्त्री र सचिवका कारण मेलम्चीको पानी राजधानी आउन नसकेको दाबी गरे ।

उनले भने, ‘मन्त्रीज्यू यहाँ हुनुहुन्छ । सचिव र तपाईंका कारणले राजधानीबासीलाई पानी उपलब्ध हुन सकेको छैन । राजधानीबासी काकाकुल छन् ।म अत्यन्तै दुःखका साथ भन्न चाहन्छु कि हाम्रा स्वर्गीय कृष्णप्रसाद भट्टराईका २० औ बर्षको आयोजनाको रुपमा रहेको मेलम्ची तपाईंका कारणले सम्पन्न भएको छैन ।’

एक गाग्री पानीका लागि र्कीतिपुरबासी बिहानैदेखि छटपटाएर हिँड्ने गरेको भन्दै उनले खानेपानीको मुहान संरक्षणसहितको व्यवस्था विधेयकमा गर्न सुझाव दिए ।