काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा शेरबहादुर देउवाको प्राविधिक रुपमा मात्र जित भएको बताउनु भएको छ । नेपाली रेडियो नेटवर्कमा दिनु भएको अन्तरवार्तामा नेता पौडेलले भन्नुभयो, 'प्राविधिक रुपमा शेरबहादुरजीले चुनाव जित्नु भयो तर कांग्रेस विचार बिहिन हुनेभयो ।'
उहाँले भन्नुभयो- 'कांग्रेसभित्र विचार र नेतृत्वको परिवर्तन आवश्यक थियो यो महाधिवेशनले त्यो दिन सकेन ।' नेता पौडेलले आफूलाई नेतृत्वमा पुग्न प्रकाशमान सिंह, शेखर कोईराला, शंशाक कोईरालाहरुले ग्राण्ड डिजाईन गरेको आरोप लगाउँदै उनिहरुको सहयोगबाट नै देउवाले चुनाव जितेको बताउनुभयो । अन्तरवार्तामा पौडेलले भन्नुभयो- 'उहाँहरु मलाई रोक्न चाहानुहुन्थो त्यो पुरा भयो ।'
आफू चुनावी प्रक्रियामा मात्र सामेल नभएको तर मतदातालाई बिबेक प्रयोग गर्न आग्रह गरेका कारण शेखरको १ हजार ८१७ मत प्राप्त भएको उहाँको दाबी थियो । नेता पौडेलले देउवालाई शुभकानमा दिँदै आफू काग्रेसलाई सवल र सक्षम बनाउन क्रियाशिल रहने जानकारी गराउनुभयो ।