३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

दुईपटक म्याद थप्दा पनि बनेन ११ किमि सडक

दुईपटक म्याद थप्दा पनि  बनेन ११ किमि सडक
अ+ अ-

काठमाडौं । ठेकेदारको ढिलासुस्तीका कारण ओखलढुंगा–रुम्जाटार सडक निर्माणको काम अलपत्र परेको छ । रुम्जाटार सडक कालोपत्रे गर्ने जिम्मा लिएको तामाङ कुमार जेभीले सडक निर्माणको काम अलपत्र पारेर छाडेको हो । भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत रुम्जाटार–ओखलढुंगा सडक कालोपत्रे गर्ने योजना परेको थियो । तर, दोस्रोपटक थपिएको म्याद सकिँदा पनि कालोपत्रेको काम सकिएको छैन ।

३१ असारमै सकियो म्याद
पहिलो सम्झौता अवधिमा काम नभएपछि सरकारले १६ जेठमा दोस्रोपटक म्याद थप गरेको थियो । दोस्रोपटक ३१ असारसम्म काम सक्ने गरी म्याद थप भए पनि काम सकिएको छैन । सिद्धिचरण नगरपालिका–११ रमाइलो डाँडा जिरो प्वाइन्टदेखि सिद्धिचरण नगरपालिका–४ रुम्जाटार एयरपोर्ट गेटसम्म ११ दशमलव एक किलोमिटर लम्बाइ र सात मिटर चौडाइ सडक कालोपत्रे गर्ने जिम्मा तामाङ कुमार जेभीले १२ जुन २०१७ मा लिएको हो ।

सम्झौताअनुसार कालोपत्रेको सम्पूर्ण काम ३० डिसेम्बर २०१८ मा सक्नुपर्ने थियो । त्यस अवधिमा काम नसकिएपछि पहिलोपटक १६ जेठ ०७६ मा काम सक्ने गरी म्याद थप गरिएको थियो । पहिलोपटक थपिएको म्यादमा पनि काम नसकिएपछि दोस्रोपटक म्याद थपिएको हो ।

७० प्रतिशत मात्रै काम
दोस्रोपटक थपिएको म्याद सकिँदासम्म आयोजनाको करिब ७० प्रतिशत मात्रै काम पूरा भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार ओखलढुंगाका प्रमुख युवराज खरेलले बताए । अब पुनः म्याद थप हुने सम्भावना कम रहेको उनको भनाइ छ । ‘म्याद थप नहुँदा निर्माण कम्पनीले दिनहुँ हर्जना तिर्दै काम गर्नुपर्छ,’ उनले भने ।

रमाइलो डाँडा जिरो प्वाइन्टदेखि सिस्नेखोलासम्म करिब चार किलोमिटर सडक मात्र ब्ल्याकटप गरिएको छ । बाँकी भागमा सब–बेस र ढलको काम भएको छ । ब्ल्याकटप गरिएको चार किलोमिटरमा पनि अन्तिम कालोपत्रे गर्न बाँकी छ ।

बनाएको सडकमा पनि बाढीले क्षति
सडकको दायाँ–बायाँ बनाइएका संरचना पनि बाढीले भत्किन थालेका छन् । वर्षा र बाढीका कारण निर्माणाधीन सडकमा क्षति पुगेको हो । सडकको सब–बेस, नाली पुनः निर्माण गर्नुपर्ने गरी भत्किएको छ । सरकारले भ्याटसहित २० करोड ६८ लाख १४ हजार नौ सय १८ रुपैयाँ ९२ पैसामा सडक निर्माणको ठेक्का दिएको हो ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।