३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

उज्बेक युवती भारत पुर्‍याएर यौनधन्धा

उज्बेक युवती भारत पुर्‍याएर यौनधन्धा
अ+ अ-

काठमाडौं । उज्बेकिस्तानबाट नेपाल हुँदै भारतसम्म उज्बेकी युवतीहरूको मानव तस्करी भइरहेको फेला परेको छ। पर्यटक भिसामा आउने उज्बेकी युवतीहरूलाई नेपाल हुँदै भारतका विभिन्न पर्यटकीय स्थलमा पुर्‍याउने गरिएको छ। त्यसरी भारतसम्म उज्बेकी युवतीहरूलाई पुर्‍याउन केही भारतीयको संलग्नता देखिएको छ।

नेपाली र भारतीय पर्यटकीय स्थलमा राम्रो कमाइ हुने भन्दै मानव तस्करले उनीहरूलाई नेपाल ल्याउने गरेका छन्। उनीहरू नेपाल–भारतका पर्यटकीय स्थलमा यौन व्यवसायमा संलग्न हुने गरेको स्रोतले बताएको छ। उज्बेकिस्तानबाट त्यहाँका तस्करले उनीहरूलाई नेपालसम्म यात्रा तय गरिदिने गरेका छन्। यहाँ आएपछि उनीहरूलाई नाका छलेर तस्करले स्थलमार्गबाट भारतका विभिन्न ठाउँमा पुर्‍याउने गरेका छन्।

कतिपय उज्बेकी राहदानीसहित र कतिपय काठमाडौंमा नै राहदानी छाडी स्थलमार्गबाट भारतका विभिन्न ठाउँ जाने गरेको अनुसन्धानमा खटिएका अधिकारीले बताएका छन्। उज्बेकी युवती ठूलो संख्यामा र्‍याकेटकै रूपमा आउने गरेका छन्। अघिल्लो महिना मात्र अध्यागमन विभागले अवैध ढंगले बस्दै आएका ५ उज्बेकी युवतीलाई निष्काशन गरेको थियो।

निष्काशितहरू कोही ओभर स्टे छन् भने केहीले ओभर स्टे भएपछि आफ्नो राहदानीमा नेपालको नक्कली प्रवेशाज्ञा टाँसेर बसेका छन्। विभागका अनुसन्धान अधिकृत वैकुण्ठराज रेग्मीले अवैध तवरबाट बस्दै आएका ५ उज्बेक युवतीलाई निष्काशन गरेको पुष्टि गरे। उनले भने, ‘उज्बेकीहरू शंकास्पद ढंगमा नेपाल–भारत आवागमन गरेको देखिन्छ। केहीले त नक्कली भिसासमेत टाँसेका छन्।’ यौन व्यापार गर्न आएका उज्बेकी युवतीले र्‍याकेट नै चलाएको सुरक्षा अधिकारीले बताए।

पर्यटक भिसामा नेपाल आउने उज्बेक युवतीहरू एक भिसा वर्षमा १ सय ५० दिनभन्दा बढी नेपाल बस्न पाउँदैनन्। उनीहरूको नेपाल आवागमन बर्सेनि बाक्लिएको छ। उनीहरू भिसाको म्याद रहँदै स्वदेश फर्कन चाहँदैनन्। कम्तीमा ६ महिनादेखि २ वर्ष ओभर स्टे हुन्छन्। त्यसबीच उनीहरूले अवैध तवरबाट अनेकौं पटक नेपाल–भारत ओहोरदोहोर गर्छन्। सुरक्षा अधिकारी उनीहरू संगठित यौन व्यवसाय सञ्चालन गर्नकै लागि नेपाल–भारतका विभिन्न ठाउँमा बस्ने बताउँछन्।

पक्राउ परेपछि समेत सत्य बताउँदैनन्। अधिकांशले झुटो बयानमा दिन्छन्। घुम्न आएको बताउने उनीहरूसँग भारतको भिसा नभए पनि त्यहाँका पर्यटकीय स्थलमा सहजै जान्छन्। निष्काशितमध्ये एक हुन् ३१ वर्षीया उज्बेकी सार्हानोजा। उनी पर्यटक भिसामा आइन्। त्यसपछि उनी भारत पुगिन्। स्रोतका अनुसार एक भारतीयले उनलाई भारत पुर्‍याउन सघाएका थिए। भारत बसाइमा उनको नेपाली प्रवेशाज्ञाको म्याद सकियो।

ती भारतीयले उनीबाट २ लाख भारतीय रुपयाँ लिएर नक्कली भिसा टाँसिदिए। ती भारतीयले उनलाई सक्कली राहदानी मिलाइदिएको भनेका थिए। नेपालको भिसा स्टीकर हुलाक टिकट जस्तो छ, जो कोहीले सजिलै केरमेट र स्क्यान गर्न सक्छन्। त्यसपछि उनी स्थलमार्ग हुँदै नेपाल छिरिन्। स्वदेश फर्कने क्रममा उनी विमानस्थलमा पक्राउ परिन्। ओभर स्टेबापतको २ लाख रुपैयाँ तिरेपछि अध्यागमनले उनलाई स्वदेश फर्काएको हो।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।