३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

पुनर्निर्माणमा २ अर्ब १२ करोड खर्च

पुनर्निर्माणमा २ अर्ब १२ करोड खर्च
अ+ अ-

काठमाडौं । ०७२ सालको विनासकारी भूकम्प र पराकम्पबाट क्षतविक्षत साँस्कृतिक सम्पदाको पुनर्निर्माणमा २ अर्ब १२ करोड रुपैयाँ खर्च भएको छ। एक तिहाइ सम्पदाको पुनर्निर्माणको काम भने सुरु नै भएको छैन।

भूकम्पबाट कुल आठ सय ९१ वटा पुरातात्विक एवं सांस्कृतिक महत्व बोकेका सम्पदामा क्षति पुगेको थियो। चार वर्षको अवधिमा तीन सय ८० वटा ऐतिहासिक एंव पुरातात्विक सम्पदा पुनर्निर्माण सम्पन्न भएका छन्। तीमध्ये सात सय ५३ सम्पदा भूकम्पबाट अति प्रभावित १४ जिल्लाका छन् भने भूकम्प प्रभावित १७ जिल्लाका एक सय ३८ वटा सम्पदा छन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार पुनर्निर्माण सम्पन्न हुनेमा विश्व सम्पदा सूचीभित्रका ९६ र विश्व सम्पदा सूचीबाहिरका दुई सय ८४ वटा छन्। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले ऐतिहासिक, साँस्कृतिक एवं पुरातात्विक सम्पदामध्ये ३५ प्रतिशत काम सम्पन्न भएको, ४० प्रतिशतमा निरन्तर चलिरहेको र २५ प्रतिशतमा शुरु नै नभएको बताए। ‘बजेट, स्रोत, जनशक्ति, कालिगढ, काठ इँटा जस्ता मापदण्ड अनुरुपका निर्माण सामाग्रीका कारण समय लाग्ने स्थिति छ,’ ज्ञवालीलले अन्नपूर्णसँग भने, ‘अहिले क्षति पुगेका महत्वपूर्ण सम्पदाको पुनर्निर्माणमा जोड दिएका छौं।’ प्राधिकरणका अनुसार हनुमानढोका दरवार क्षेत्रका गद्दी बैठक, नाट्येश्वर मन्दिर, कृष्ण मन्दिर, नगराघर, प्रताप मल्लको सालिक पुनस्र्थापना तथा तलेजु मन्दिरको पुनर्निर्माण सम्पन्न भइसकेको छ। यस्तै भक्तपुर दरबार क्षेत्रका खौमा गेट, सिद्धिलक्ष्मी मन्दिर, नारायण मन्दिर र शंकरनारायण मन्दिरको पुनर्निर्माण पनि सकिएको छ।

चाँगुनारायण संरक्षित स्मारक क्षेत्रका चाँगुनारायणको मुख्य मन्दिर तथा किलेश्वर मन्दिरको पुनर्निर्माण भएको छ। स्वयम्भू क्षेत्रको प्रतापपुर मन्दिर, अनन्तपुर मन्दिर, आनन्दकुटी महाविहार लगायतका सांस्कृतिक सम्पदाको पुनर्निर्माण पनि सकिएको छ।

प्राधिकरणको रेकर्ड अनुसार यस्तै पाटन दरबार संरक्षित स्मारक क्षेत्रमा योगनरेन्द्रको सालिक पुनस्र्था पनार्स्थापना भएको छ। पाटनकै मणिमण्डप र सुन्दरी चोकको पूर्वी लङको पुनर्निर्माण पनि सम्पन्न भएको छ। ऐतिहासिक कृष्ण मन्दिरको संरक्षण कार्यसमेत सम्पन्न भएको छ। त्यसैगरी थापाथलीस्थित जंगहिरण्य हेमनारायण मन्दिर, बौद्धस्थित बौद्धनाथ स्तूपालगायतका पुरातात्विक सम्पदाको कामसमेत सकिएको छ।

पुनर्निर्माण भइरहेका मुख्य सम्पदाहरुमा रानीपोखरी, धरहरा, बसन्तपुरस्थित काष्ठमण्डप तथा नौतले दरबार, रातो मछिन्द्रनाथको मन्दिर, नुवाकोटस्थित सात तले दरबारलगायत छन्। भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदाहरुको पुनर्निर्माणमा चीन, भारत, अमेरिका, स्वीट्जरल्याण्ड, श्रीलंका, जापान लगायत मुलुकले सहयोग गर्दै आएका छन्। काठमाडौँस्थित युनेस्को कार्यालय तथा अस्ट्रियाको भियनास्थित हेन्केल फाउन्डेसन तथा युनिभर्सिटी अफ एप्लाइड आर्टसको पनि सहयोग छ।

पुरातत्व विभागका निमित्त महानिर्देशक दामोदर गौतमले चालू आर्थिक वर्षमा एक सय ५० वटा सम्पदाको पुनर्निर्माण गर्ने कार्यक्रम रहेको जानकारी दिए। गौतमका अनुसार भुकम्पबाट ३१ जिल्लाका सम्पदा क्षतिग्रस्त भएका थिए।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।