३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

दूषित पानीले बढे बिरामी

दूषित पानीले बढे बिरामी
अ+ अ-

काठमाडौं । ताप्लेजुङ र ओखलढुंगामा दूषित पानीका कारण बिरामीको संख्या ह्वात्तै बढेको छ। बर्खा सुरु भएपछि अस्पताल आउने बिरामी ह्वात्तै बढेका छन्। गर्मी र वर्षात्का कारण दूषित पानीले अनेकौं रोगको संक्रमण बढेको हो।

ओखलढुंगामा सामुदायिक अस्पतालमा भर्ना बिरामीमा दूषित पानी प्रयोगबाट संक्रमण देखिएको चिकित्सकले बताएका छन्। बर्खा र मौसम फेरिँदा अस्पतालमा यस्ता बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदीले बताए। अस्पतालमा आउँ, टाइफाइड, झाडापखालाजस्ता पानीजन्य संक्रमणका बिरामीको चाप बढेको छ। ५० शैड्ढयाको यो अस्पतालमा ७० बिरामी भर्ना भएर उपचार गराइरहेका छन्।

अस्पतालको अन्तरंग विभागमा दैनिक भर्ना हुने २० बिरामीमध्ये ७ जनामा पानीजन्य रोगको संक्रमण भेटिएको अस्पतालका तथ्यांक अधिकृत फणिन्द्र दानीले बताए। अहिले अस्पतालको बहिरंग सेवामा डेढ सयभन्दा बढी बिरामी दैनिक परीक्षण गराउन आइरहेका छन्।

ताप्लेजुङ सदरमुकाम फुङलिङसहित गाउँमा ज्वरो, टाइफाइड, निमोनिया, रुखाघोकीको संक्रमण फैलिएको छ। दूषित पानी उपयोग गर्दा ताप्लेजुङमा भाइरलका बिरामी बढेको चिकित्सकले बताए।

जिल्ला अस्पतालको बहिरंग कक्षमा दैनिक डेढ सय जति भाइरलका बिरामी आइरहेको अस्पताल प्रमुख डा।सोनिङ लामाले बताए। ‘एक महिनायता इमरजेन्सी र वार्डका बेड पनि बिरामीले भरिभराउ छन्,’ उनले भने, ‘अधिकांश मौसमी भाइरलका बिरामी छन्।’ ३५ शैड्ढया रहेको अस्पतालको बेड नपाएर भुइँमै राखेर उपचार भइरहेको छ।

दूषित पानी पिएर धेरै जना बिरामी परेको लामाले बताए। ‘वर्षाका कारण पानीका मुहानमा भेल पस्ने र दूषित हुने हुँदा त्यस्तो पानी खाँदा संक्रमण देखिएको हो,’ उनले भने। देवीखोला खानेपानी उपभोक्ता समितिले वितरण गरेको पानी दूषित भएपछि दोखुको थलङधाराको पानी ल्याएर पिउने गरेको फुङलिङ–२ हेलिप्याडका सुविन तामाङ बताउँछन्। ‘मिटरको पानी धमिलो आउँछ,’ उनले भने, बिरामी परिएला भनेर मुहानको पानी खान्छौं।’ निजी क्षेत्रको तमोर अस्पतालमा पनि यस्तै बिरामीको चाप छ। गाउँ–गाउँका स्वास्थ्य संस्थामा पनि बिरामी चाप बढ्दो छ। यस्ता बिरामीले तातो पानी र झोलिलो खानेकुरा प्रशस्त खानुपर्ने र आराम गर्नुपर्ने सुझाव चिकित्सक दिन्छन्।

कारागारका कैदी बिरामी

दूषित पानीका कारण जिल्ला कारागार उदयपुरमा ठूलो संख्यामा कैदी बिरामी परेका छन्। १ सय ७३ कैदी रहेको कारागारमा १ सय १६ जना बिरामी परेका हुन्।

उनीहरूलाई भाइरल ज्वरो, रुघाखोकी र पखाला देखिएको जेलर कुमारबहादुर खड्काले बताए। एकैसाथ धेरै कैदीमा यस्तो संक्रमण देखिएपछि सीडीओ धु्रवबहादुर खड्काको पहलमा जिल्ला अस्पताल उदयपुरबाट ३ चिकित्सकसहित १५ जनाको टोलीले स्वास्थ्य जाँच तथा उपचार गरेको उनले बताए।

२÷३ जनालाई शनिबार ज्वरो आएपछि एकै ठाउँमा रहेका अन्य कैदीमा फैलिएको उनले बताए। उनले भने, ‘अन्य कोठा छैन, बिरामी र सामान्य सबैलाई एउटै कोठामा राख्नु परेको छ, त्यसैले सर्‍यो।’ बिरामी सबैलाई परीक्षणपछि औषधि दिइएको छ।

बिरामी परेसँगै कारागारले सबै कैदीलाई पानी उमालेर पिउने व्यवस्था गरिएको कारागार प्रशासनले जनाएको छ। ५० जना क्षमता रहेको कारागारमा तेब्बरभन्दा बढी कैदी छन्। जेलमा पुरुष कैदी १ सय ५ जना, बन्दी ५२ जना छन्। महिला कैदी ८ जना, बन्दी ४ जना र आमासँग आ िश्रत ४ नाबालिका छन्। जेलको भौतिक संरचना जीर्ण अवस्थामा छ भने क्षमताभन्दा तेब्बर कैदीबन्दी राख्दा शौचालय, खानेपानी तथा सरसफाइमा समस्या पर्ने गरेको छ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।