३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

अझै बुझ्न सकिएन तितेपातीको महत्त्व

अझै बुझ्न सकिएन तितेपातीको महत्त्व
अ+ अ-

काठमाडौँ । बारीमा पाती पलाउनुलाई राम्रो मानिन्न । यसले अरू बोटबिरुवा सप्रन दिँदैन । कतिले छरछिमेकमा झगडा भयो भने तेरा बारीमा पाती पलाओस् भन्न पनि पछि पर्दैनन् ।

तर, त्यही पाती अर्थात् तितेपातीमा अपार औषधीय गुण हुन्छ, आम्दानीको स्रोत बन्नसक्छ भन्ने अझै नेपाली समाजमा व्यापक चेतना फैलिन सकेको छैन । समुद्री सतहको तीन सयदेखि दुई हजार चार सय मिटर उचाइका खुला कुना, कन्दरा र सेपिलो तथा बन्जर भूमिमा समेत सर्लक्क फैलन्छ तितेपाती । फूल फुल्ने बिरुवाअन्तर्गत पर्ने तितेपातीको वैज्ञानिक नाम आर्टिमिसिया भल्ग्यारिस हो । नेपालमा भने भूगोलअनुसार करिब छ प्रजातिका तितेपाती पाइन्छन् ।

नेपालमा तितेपातीको औषधीय गुणको गहन अध्ययन र परीक्षणबाट ठोस प्रतिफल वैज्ञानिक तहबाट प्राप्त हुन सकेको छैन । केही स्थानीयले भने राम्रो प्रयास गरिरहेका छन् । दिक्तेल रुपाकोट, मझुवागढी नगरपालिका– १० पाथेकास्थित स्थानीयले तितेपातीको तेल निकालेका छन् । भदौ र असोज महिना तेल निकाल्ने उपयुक्त मौसम हो ।

गत वर्ष गाउँका स्थानीय मिलेर समृद्धिपथ एग्रो कम्पनी स्थापना गरे । कम्पनीका अध्यक्ष अग्नि राई भन्नुहुन्छ, “परीक्षण सफल भएपछि तेल आउँदो रहेछ भनेर थाहा पायौँ, गत वर्ष करिब ४५ केजी तेल निकाल्न सफल भयौँ । ” अध्यक्ष राईका अनुसार तितेपातीको तेल पानीभन्दा हलुका हुन्छ । एक हजार मिलिलिटर पानीको एक केजी हुँदा तितेपातीको तेल भने एक हजार दुई सय मिलिलिटरको एक केजी हुन्छ । आसपासका गाउँमा यसअघि नै भएको परीक्षण असफल बनेको उहाँले थाहा पाउनुभएको थियो । मेसिन बनाएर तितेपातीको तेल निकाल्न सफल भएको उहाँले बताउनुभयो ।

तेलले बजार खोज्दै
गुणस्तर परीक्षणका लागि जडीबुटी विभागमा पठाएपछि स्थानीय उत्पादक अहिले बजारको खोजीमा छन् । सोही क्रममा काठमाडौँमा भएको जडीबुटी प्रदर्शनीमा पनि तितेपातीको तेल बजार खोज्न आइपुगेको थियो । “नेपालसँग विभिन्न देशले धेरै पहिले तितेपातीको तेलको माग गरेका रहेछन् तर दिन नसकेपछि त्यो माग अन्तै देशमा पुग्यो,” राईले थप्नुभयो ।
नमुना परीक्षणका रूपमा जर्मनीका केही विज्ञले तितेपातीको तेल केही समयअघि उहाँको कम्पनीबाट लगेका छन् । गुणस्तर र औषधीय गुणको अवस्था तेलमा राम्रो भएमा जर्मनीमा बजार पाउने सम्भावना रहेको राईले बताउनुभयो ।

अर्कोतिर जापानसँग मिलेर अन्य जडीबुटीको तेल निर्यात गरिरहेका कम्पनीले पनि सघाउने आश्वासन दिएका छन् । यसैकारण हौसिएका स्थानीय यस वर्षको मौसममा पनि तेल निकाल्ने तयारी गरिरहेका छन् । गत वर्षको तेलको स्थानीय आफैँले परम्परागत उपचार पद्धतिमा आधारित रहेर प्रयोग गरिरहेका छन् ।

“चिलाउने, एलर्जी र उच्च रक्तचाप घटाउन आफैँले पनि प्रयोग गरँे, मेरो आफ्नै रक्तचाप औषधि नखाई कम भयो,” राईले सुनाउनुभयो । राईका अनुसार तीतेपातीका अतिरिक्त कम्पनीले धसिङ्गरे, तेजपात, रोजमेरी, थुजा सल्लालगायत वासना आउने वनस्पतिको तेल निकाल्ने परीक्षण सफल भएको छ । सुनसरी, झापा, धनकुटा र देशका पश्चिमी भेगका केही स्थानीयले तितेपाती लगायतका वनस्पतिबाट सुगन्धित तेल बनाउने प्रयास गरेका थिए ।

पाथेकका वडाका वडाध्यक्ष मुगाधन राईले गाउँमा केही गर्न सकिन्छ भने गरौँ भनेर सघाउन लागिपरेको बताउनुभयो । नितान्त निजी कम्पनीका रूपमा आठ जनाले करिब ४० लाख रुपियाँ लगानी गरी तेल निकाल्न सुरु गरेका थिए । खेर गइरहेको तितेपाती काटेर ल्याउनेलाई प्रतिकेजी छ रुपियाँ ज्याला दिइएको थियो । सोत्तर बनाएर फाल्ने तितेपातीले आम्दानी दिने भएपछि गाउँलेले तितेपातीलाई अहिले भने संरक्षण गर्न थालेका छन् । खोलाको छेउमा स्थापना गरिएको प्रशोधन केन्द्र आसपास अत्यधिक तितेपाती रहेकाले यस वर्ष तीन सय केजीसम्म सङ्कलन हुने अनुमान छ ।
गाउँका राजकर्ण राई, डोवाराज राई, अविराज राई, हेमराज राई, तीर्थराज राई र गणेश गिरी कम्पनीको सञ्चालक समितिमा हुनुहुन्छ । यता काभ्रेको ढुङ्गखर्क, बुढाखानी र नालामा धसिङ्गरे लगायतका जडीबुटीको तेल निकाल्ने कार्य स्थानीयवासीले गर्दै आएका छन् । त्यहाँका केही स्थानमा तितेपातीको तेल निकाल्ने प्रयास गरिरहेका छन् । ललितपुर आसपास पनि तितेपातीको तेल निकाल्ने अभियानमा स्थानीय लागेका छन् ।

कीराबाट बचाउन प्रयोग
तितेपातीको तेलबाट हाड दुखाइको औषधि, चिलाउने रोगको औषधि, उच्च रक्तचाप र ज्वरोको औषधि बनाउने अनेकौँ सम्भावना रहेको विज्ञहरू औँल्याउँछन् ।

त्रिभुवन विश्वविद्यालयका वनस्पति अध्येता सञ्जय झाले तेल निकालेर बनाएको ट्याब्लेटबाट खाद्यान्नका घुनकीरा मार्न प्रयोग भइरहेको बताउनुभयो । उहाँका अनुसार बाली भित्र्याउनुअघि र पछि चार–पाँच दिनसम्म यस औषधिलाई भाँडामा राखेर छाड्दा कीरा भाग्ने गर्छन् ।
नेपालमा परम्परागत रूपमा तितेपातीको उपयोग र बढी प्रयोग भइरहेको वनस्पतिविज्ञ तीर्थबहादुर श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “चीनले तितेपातीको औषधिबाटै नोबल पुरस्कार जित्यो, जापानले नेपालमै आएर तितेपातीको पाउरोटीको परीक्षण गर्यो तर नेपालले ठूलो उपलब्धि पाएको छैन । ”

विज्ञ श्रेष्ठका अनुसार आयुर्वेदिक महत्वको वनस्पति तितेपाती नेपालका लेकमा जुका फाल्न र तल्लो भेगमा बिरुवालाई कीराबाट बचाउन बढी प्रयोग भइरहेको छ । तितेपातीको फरक गुणको फरक उपयोगका लागि अनुसन्धान हुन नसकेको उहाँले बताउनुभयो । नेपालमा तितेपातीको गहन अध्ययन र परीक्षण नभएकोमा उहाँ चिन्ता व्यक्त गनुहुन्छ ।

जैविक विविधता र मानव जीवनबीचको सम्बन्धका बारेमा अध्ययन गर्नुभएका विज्ञ नन्दबहादुर सिंह भन्नुहुन्छ, “तितेपातीको धार्मिक र वैज्ञानिक दृष्टिकोणले उच्च महत्व छ । नेपालका एक हजार वनस्पति औषधीय गुणले युक्त छन्, जसमध्ये उच्च गुण भएका एक सय वनस्पतिमा तितेपाती पनि पर्छ तर यसका औषधीय गुणले कतिसम्मको रोग नाश गर्छ भन्ने आधुनिक क्षमताको विकास नेपालमा हुन सकेको छैन । ”
अहिले नेपालका ८० प्रतिशत जडीबुटी भारतमा निर्यात हुन्छ भने १० प्रतिशत चीनमा र अन्य देश भियतनाम, पाकिस्तान लगायतमा निर्यात गरिने गरिएको छ ।

मलेरिया निको पार्न सकिने
तितेपातीमा भएको लामो अनुसन्धानपछि परम्परागत औषधिबाट मलेरिया निको पार्न सकिने खोजमा चीनले सफलता पाइसकेको छ । जसका कारण सन् २०१५ को फिजियोलोजी अर्थात् औषधितर्फको नोबेल पुरस्कार चीनले प्राप्त गर्यो ।

चाइनिज एकेडमी अफ मेडिकल साइन्सका वैज्ञानिक युयुटुको नेतृत्वका अनुसन्धानकर्मीले सन् १९६५ देखि गरेको अध्ययनको प्रतिफलका रूपमा त्यो खोज सम्पन्न भएको थियो । क्यान्सर रोगको उपचारसमेत सम्भव गर्न सक्ने औषधीय गुण तितेपातीमा पाइने वनस्पतिविज्ञ बताउँछन् । यसको खोज र अनुसन्धानमा यतिबेला जापान, जर्मनी, भारत, पाकिस्तान पनि सक्रिय छ । कतै अत्तर निकालिरहेका छन् भने कतै विभिन्न औषधि उत्पादन भइरहेको छ ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।