१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुष्मा स्वराजलाई श्रीमान्, छोरीले स्यालुट गरेर अन्तिम विदाई गरे (फोटोफिचर)



अ+ अ-

एजेन्सी । भारतकी पूर्व विदेशमन्त्री एवं भाजपाकी नेता सुष्मा स्वराजको बुधबार राजकीय सम्मानका साथ अन्तिम संस्कार गरियो । दिल्लीस्थिती लोधी रोड शवदाह केन्द्रमा प्रधानमन्त्री मोदीसहित थुप्र्रै दिग्गज नेताको उपस्थितीमा उनको अन्तिम संस्कार गरिएको हो । सुष्मा स्वराजकी छोरी बाँसुरी स्वराजले उनको अन्त्येष्टी गरेकी हुन् । यतिबेला बाँसुरीसँग उनका पिता र सुष्मा स्वराजका श्रीमान् स्वराज कौशलको पनि उपस्थिती थियो ।

सुष्माको अन्तिम विदाईमा राष्ट्रपति राम नाथ कोबिन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, लोकसभा अध्यक्ष ओम बिरला, राजनाथ सिंह र अमित शाहलगायतका नेता उपस्थित थिए ।

स्मरण रहोस्, सुष्मा स्वराजको मंगलबार राती निधन भएको थियो । उनी ६७ वर्षकी थिइन् । कार्डिएक अरेष्टका कारण मंगलबार राती ९ बजेर ३५ मिनेटमा उनलाई एम्स भर्ना गरिएको थियो । राती साढे १० बजे एम्सले मेडिकल बुलेटिन जारी गर्दै उनको निधनको जानकारी दिएको हो ।