३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

पूर्वलडाकु किरिया गरेको १५ वर्षपछि जीवितै घर फर्केपछि..

पूर्वलडाकु किरिया गरेको १५ वर्षपछि जीवितै घर फर्केपछि..
अ+ अ-

नेपालगन्ज। ‘वर्गविहीन समाज’ निर्माण गर्ने सपना बोकेर तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दस वर्षे ‘जनयुद्ध’ मा हजारौं युवा सहभागी भए। युद्धमा सहभागीमध्ये केहीको मृत्यु भयो, केही सकुशल घर फर्किए त केही बेपत्ता, घाइते र अपांग भए। केही बेपत्ताको अवस्था खुल्न नसकेपछि परिवारका सदस्यले मृत्यु भएको ठानेर काजकिरिया पनि गरेका छन्। तर रूकुममा काजकिरिया गरिएको १५ वर्षपछि एक पूर्वलडाकु यही साउन १९ गते घर फर्केका छन्। परिवारका सदस्यले उनी युद्धमा मरेको ठानेर काजकिरिया गरेका थिए।

रूकुमको खारामा सरकारी सुरक्षाकर्मी र तत्कालनीन नेकपा माओवादीका लडाकुबीच भएको लडाइँका क्रममा बेपत्ता भएका सानीभेरी गाउँपालिका–११ ९साबिक अर्मा गाविस– ९० का उमेश विश्वकर्मा परिवारले मरेको ठानेर किरिया गरेको अवस्थामा घर आएका हुन्। २०६१ सालमा खारा लडाइँमा सहभागी भएका उनको अवस्था खुलेको थिएन। उनी घर नआएपछि परिवारले मृत्यु भइसकेको भनेर काजकिरिया गरेको थियो।

‘छोराको अवस्थाबारे धेरै खोजी गर्यो, पार्टीले पनि खोज्यो,’ आमा मनकुमारीले भनिन्, ‘लडाइँमा गएको छोराको मृत्यु भयो होला भनेर हाम्रो परम्परा अनुसार काजकिरिया गरेका थियौं। ’ उनका अनुसार बेपत्ता भएको तीन महिनापछि उनी मरेको सम्झेर किरिया गरिएको थियो। काजकिरिया गरिसकेको छोरा घर आएपछि अहिले मनकुमारीको परिवारमा खुसीको सीमा छैन। उमेश घर पुग्दा सुरुमा आमाले विश्वासै गरिनन्। तर उमेशले पुराना सबै कुरा र घटनाक्रमबारे जानकारी गराएपछि आमाले भक्कानिँदै अंगालो हालिन्। ‘सुरूमा त मेरो छोरो आयो होला भनेर मैले विश्वासै गरिनँ तर उसले सबै कुरा भनेपछि मात्रै चिनें,’ आमा मनकुमारीले भनिन्, ‘खुसीले आँसु रोक्न सकिनँ। ’

काजकिरिया गरिएको १५ वर्षपछि पूर्वलडाकु उमेश विश्वकर्मा यही साउन १९ गते घर फर्केका हुन्। २०६१ सालमा रुकुमको खारामा भएको लडाइँमा सहभागी विश्वकर्मा घर नफर्किएपछि मरेको ठानेर परिवारले किरिया गरेको थियो।

उमेश एक्लै पनि आएका छैनन्। उनले छोराछोरी र पत्नीलाई पनि साथमा ल्याएका छन्। १६ वर्षको उम्मेरमा उनी माओवादीको ‘जनमुक्ति सेना’ मा सहभागी भएका थिए। उनी खारा लडाइँमा सहभागी हुँदा २० वर्षका थिए। विभिन्न ठाउँका लडाइँमा सहभागी उमेशले खारा युद्धमा घाइते भएपछि आफूलाई सबैले छोडेर गएको र बाँच्नका लागि भाग्दा–भाग्दा भारत पुगेको बताउँछन्। ‘म त्यतिबेला लडाकुको ११ नम्बर प्लाटुनमा कार्यरत थिएँ। खारामा रातभरि लडाइँ भयो। बिहान हुन लाग्दा सबै साथी भाग्न थाले, म पनि ज्यान बचाउनका लागि भागें,’ उनले पुरानो कथा सुनाउँदै भने, ‘हिँड्दै जाँदा कहाँ पुगें कहाँ थाहा भएन। ठूलो जंगलमा पुगें। त्यही जंगल छिचोल्ने क्रममा भारत पुगेछु। ’ उनले थपे, ‘कुन ठाउँ हो त्यो थाहा भएन। कयौं रात भोकभोकै गल्लीमा सुतें।

धेरै होटेलमा पुगेर काम मागें तर पाइनँ। काम खोज्दा–खोज्दा बल्ल एउटा सानो होटेलले खाना र बस्न मात्रै दिने गरेर काममा लगायो। करिब पाँच वर्ष यसैगरी बिताएँ। त्यसपछि त्यहाँबाट भागेर गाडीमा चढें। त्यो गाडी कहाँ जाने हो केही थाहा थिएन्। हिन्दी भाषासमेत राम्रोसँग बुझ्दैनथें। त्यो गाडीले मुम्बई पुर्यायो। त्यहीं काम गर्न थालें। तीन वर्षपछि त्यहीं विवाहसमेत गरें। ’

उमेशले घर फर्केपछि दाजु र बहिनीलाई भने भेट्न पाएनन्। दाजु धनबहादुर र बहिनी भूमकीको ६ वर्ष पहिले गाउँमा फैलिएको झाडापखालाले मृत्यु भएको थियो। अहिले उनलाई भेट्न घरमा दैनिक पाँचरसात जना मान्छे पुग्छन्। मृत्यु भइसक्यो भनेर काजकिरिया गरेको मान्छे छोराछोरी र पत्नीसहित घर पुग्दा गाउँले पनि खुसी छन्।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।