७ पुष २०८२, सोमबार
,
Latest
राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागीबाट घर जलेर नष्ट



अ+ अ-
सांकेतिक तस्बिर



विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–१ का बिहीरा माझीको घरमा बुधबार राति आगलागी भएको छ।

राति १० बजे लागेको आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए।

आगलागीमा माझीको फुसको छानो भएको घरसहित ३५ मन धान, दुई सय किलो चामल, लत्ताकपडा, एउटा सोलार, फर्निचरका सामानलगायत जलेर खरानी हुँदा करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

उनका अनुसार आगलागीपछि माझी परिवारको बिचल्ली भएको छ।आगलागीको कारण खुल्न नसकेको र प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको बताए।