२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऊर्जामन्त्रीले जुम्लामा विद्युतबारे बोल्दा संसदमै बत्ती गएपछि…



अ+ अ-

काठमाडौं। नेकपाका सांसद गजेन्द्र महतले मंगलबार ऊर्जामन्त्री वर्षमान पुन र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जुम्लामा विद्युत् सेवा दिने विषयमा चासो नदेखाएको बताएपछि संसद्ले चासो देखायो । संसद्ले जुम्लामा विद्युत् सेवा पुर्याउने विषयमा जानकारी गराउन रुलिङ गर्यो । संसद्को रुलिङपछि बिहीबारको प्रतिनिधिसभा बैठकमा विद्युत् सेवा विस्तारको विषयमा जानकारी गराउन ऊर्जामन्त्री पुन उपस्थित भए ।

जुम्लामा विद्युत् सेवा विस्तारको प्रक्रिया सुरु गरिएको बताइरहँदा संसद्मै बत्ती गयो । जुम्ली सांसद महतले जुम्लामा अहिले पनि अँध्यारो रहेको बताउँदै सरकारले विदेशमा बिजुली बेच्ने कुरा गरेको तर आफ्नै जुम्लामा विद्युत् सेवा नपुगेको विषयमा चासो नदेखाएको बताएका थिए । जुम्लामा विद्युत् सेवा विस्तारको विषयमा प्रश्न उठाएका महतको जवाफ दिन संसद्को रोस्टममा उभिएका ऊर्जामन्त्री पुनले संसद्मा नै अँध्यारो भोग्नुपर्यो । उनले जुम्लामा विद्युत् सेवा विस्तारको काम सुरु भइसकेको र केही समयमा नै जुम्लामा केन्द्रीय प्रसारण लाइन विस्तारका लागि बोलपत्र आह्वान गरिएको बताए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बोल्दै गर्दा बिहीबार संसद्मा बत्ती निभेको हो । जुम्लामा विद्युतीकरणको विषयमा सांसद महतले उठाएको प्रश्नको जवाफ दिन रोस्टम पुगी मन्त्री पुन बोल्दाबोल्दै बत्ती निभेको हो । बत्ती निभे पनि उनी बोलिरहे । करिब १५ सेकेन्डपछि बत्ती बल्यो । सांसद महतको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले जुम्लाको समस्या आफूहरूलाई जानकारी भएको भन्दै त्यसको समाधानका लागि पहल गरिरहेको बताए । उनले जुम्लामा बत्ती बाल्न तत्कालका लागि ३ सय केभीएको डिजेल प्लान्ट पठाउने तयारी भइसकेको बताए ।

जुम्लामा सञ्चालित २४० किलोवाटको लघु जलविद्युत् आयोजना बिग्रिएकाले बत्ती नबलेको हो । मन्त्री पुनले उक्त आयोजना मर्मतसम्भार गर्ने र जुम्लासहित कर्णाली प्रदेशमा केन्द्रीय प्रसारण लाइन पु¥याउन काम सुरु भइसकेको पनि जानकारी गराए । मन्त्री पुनलाई प्रश्न सोध्दा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले भने ‘माननीय ऊर्जामन्त्रीले बोल्दै गर्दा बत्ती निभ्नुले देशको विद्युत् आपूर्ति अवस्था के छ भन्ने देखाउँछ ।’ बिहीबार संसद्मा ऊर्जामन्त्री पुन बोलिरहँदा अकस्मात बत्ती गयो । बत्ती जाने क्रम दोहोरिएको थियो ।

अर्का सांसद कृष्णगोपाल श्रेष्ठले परिस्थितिले देशभरिको स्थिति उजागर भएको भन्दै ऊर्जामन्त्रीको ध्यानाकृष्ट गराए । संसद्मा उनको भनाइ थियो, ‘आजै गजब भयो । जलस्रोतमन्त्री बोलिरहँदा ठ्याक्कै बत्ती निभ्यो । आजजस्तो कहिल्यै भएको थिएन । देशभरिको स्थितिबारे संसद्मार्फत जानकारी दिइएको हुन सक्छ †’ प्रश्न गर्नेमध्ये एक सांसद लक्ष्मी परियारले सदनमा तस्बिर आफैं बोलेको बताइन् । उनले भनिन्, ‘धेरै ठाउँमा लेखेको देख्छु, तस्बिर आफैं बोल्छ नो क्याप्सन † आज संसद्मा तस्बिर आफैं बोलेको छ ।’

संसद्को बत्ती लोडसेडिङ कारण नभई एमसीभी झरेर निभेको स्पष्टीकरण सांसद पदम गिरीले दिए । उनले उज्यालो नेपालका लागि पहल कदमी लिइरहेको भन्दै मन्त्री पुनलाई धन्यवाद दिँदै भने, ‘एमसीभी गिरेका कारण विद्युत् आपूर्ति असहज भयो । तर, लोडसेडिङ भनेर कुरा उठाइयो । यस्ता हल्काफुल्का विषयले मर्यादा घटाउँछ ।’, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।