२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपामा सत्ताको दृष्टिदोष : कांग्रेस



अ+ अ-

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तारूढ दल नेकपाको राजनीतिक दस्तावेजमा कांग्रेसलाई हेर्ने दृष्टिकोणमा दृष्टिदोष देखाएको आरोप लगाएको छ । कांग्रेसले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै केही दिनअघि नेकपाले सार्वजनिक गरेको राजनीतिक प्रतिवेदनप्रति लक्षित गरेर नेकपाको कांग्रेसलाई हेर्ने दृष्टिमा दोष रहेको आरोप लगाएको हो । नेकपाको राजनीतिक दस्तावेजमा नेपाली कांग्रेस पुँजीपति वर्गको पार्टी भएको र उसले दलाल, नोकरशाही पुँजीपति वर्गको मुख्य हिस्साको प्रतिनिधित्व गर्ने जिकिर गरेको थियो ।

पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसलाई हेर्ने सत्तारूढ नेकपाको दृष्टिकोण देखेर दया लागेको भन्दै नेकपाको राजनीतिक प्रतिवेदनमाथि कडा टिप्पणी गरेका हुन् । उनले नेकपाको प्रतिवेदनबारे भने, ‘अहिलेलाई केवल यति टिप्पणी गरौं, त्यो दस्तावेजमा कांग्रेसबारे इमानदार दृष्टि होइन बरु दृष्टिदोष प्रस्तुत छ, दृष्टिदोषमाथि केवल दया मात्र, म विनम्र ढंगले दया व्यक्त गर्न चाहन्छु ।’

सरकारी जग्गा कब्जा नैतिकताविपरीत

कांग्रेसले सत्तारूढ दलबाटै सरकारी जग्गा कब्जा हुनु नियम र नैतिकताविपरीत भएको समेत बताएको छ ।

‘सत्तारूढ नेकपाको केन्द्रीय कार्यालय नियम र नैतिकताविपरीत सरकारी जग्गामा रहेको समाचारले नेपाली कांग्रेसलाई अचम्मित र दुखित तुल्याएको छ,’ प्रवक्ता शर्माले भने । उनले सरकारी जग्गाको भोगचलनसँग सम्बन्धित नीतिनियमको पालनामा स्वयं सत्तारूढ दलले गम्भीरता राख्दैन भने अरूका लागि उपदेशको नैतिकता कारुणिक बन्ने जनाए ।

प्रवक्ता शर्माले गम्भीर गल्तीप्रति क्षमा याचना गर्दै नेकपालाई तत्काल सरकारी जग्गाबाट बाहिरिएर नीतिनियम र नैतिकतालाई थप लज्जित बन्नबाट जोगाउनसमेत आग्रह गरे ।

कांग्रेसले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको ‘निजामती सेवाको गठन, सञ्चालन र संवादका सर्त’सम्बन्धी विधेयकको दफा १२० को उपदफा ६ ले आधिकारिक ट्रेड युनियनबाहेक अन्य कुनै पनि युनियन वा निजामती कर्मचारीको समूहले आफ्ना हकहितका लागि मागसमेत प्रस्तुत गर्न नपाउने व्यवस्था संविधानले प्रत्याभूत गरेको अधिकारविपरीत भएको समेत भनेको छ ।कांग्रेसले ट्रेड युनियनलाई व्यवस्थित र व्यावहारिक बनाउने विषयमा छलफल गर्न सकिने तर घुमाउरो ढंगले प्रतिबन्धित नै गर्ने नियतसँग सम्झौता गर्न भने नसकिने जनाएको छ ।

कांग्रेस मुलुकमा लोकतन्त्र स्थापनाका लागि योगदान गरेका सबै संस्थासँग मुलुकको समृद्धिका लागि महत्वपुर्ण सहयात्री हुने तर तिनलाई निरुत्साहित र निषेध गर्ने कुनै पनि कदमविरुद्ध रहनेसमेत भनेको छ ।
‘जम्मु–काश्मीर’को विषयमा देशको धारणा नै कांग्रेसको धारणाप्रवक्ता विश्वप्रकाश शर्माले ‘जम्मु–काश्मीर’ को विषयमा पार्टीको छुट्टै धारणा नभएको भन्दै देशको धारणा नै कांग्रेसको धारणा भएको बताए ।
पत्रकारहरूको भारत सरकारले जम्मु-काश्मीरले प्राप्त गर्दै आएको विशेष दर्जा खारेज गरिदिएको विषयमा कांग्रेसको धारणा के हो ? भन्ने जिज्ञासामा प्रवक्ता शर्माले त्यस्ता विषयमा राजनीतिक दलभन्दा सिंगो राष्ट्रको धारणा बन्नुपर्ने भन्दै कांग्रेसको छुटै धारणा नरहने जनाएका हुन् । तर, राष्ट्रको धारणा बन्ने प्रक्रियामा भने प्रमुख प्रतिपक्षीको सहभागिता हुनुपर्ने र सबै दलले बोक्ने मनोविज्ञान र संस्कृतिलाई पनि समेट्नुपर्ने प्रवक्ता शर्माले बताए ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।