२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेताको बोलीले प्रभावित सेयर बजार



अ+ अ-

काठमाडौँ । केही दिनअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डल’ले उद्योग र उत्पादनका क्षेत्रमा पूँजीको लगानी हुन छाडेर पूँजी बजारमा आउनु साम्राज्यवादको विकसित रुप भएको बताएपछि सेयर बजार अत्यधिक प्रभावित हुन पुग्यो । प्रचण्डको उक्त अभिव्यक्तिप्रति व्यापक आलोचना भएको छ । सेयर लगानीकर्ता, राजनीतिक दल, बैंकर तथा कलाकारहरुले उनको तीखो आलोचना गरेका छन् ।

पुँजी बजारमा लगानी हुनु साम्राज्यवादको विकसित रुप हो : प्रचण्ड

अझ सेयर लगानीकर्ताहरुले त माओवादी केन्द्र विरुद्ध ‘नो भोट’ अभियान नै चलाएका छन् । प्रचण्डको पूँजी बजार क्षेत्रमा गैरजिम्मेबार अभिव्यक्तिप्रति आपत्ति जनाउने क्रम अहिले पनि जारी छ । अर्थमन्त्री जनार्दन शर्माको सेयर बजारप्रतिको उदासीनता, नेपाल राष्ट्र बैंकले सेयर बजारलाई प्रभावित पार्ने गरी मौद्रिक नीतिमार्फत ल्याएको व्यवस्था आदिले करिब ३२०० पुगेको नेप्से २३०० को लाइनमा आइपुगेको छ । प्रचण्डको पछिल्लो अभिव्यक्तिले त यसलाई आगोमा घिउ छर्किने काम गरेको छ ।

सेयर बजार घट्नुमा मेरो कुनै हात छैनः अर्थमन्त्री

सेयर बजारलाई प्रभावित गर्ने गरी अभिव्यक्ति दिने प्रचण्ड पहिलो नेता भने होइनन् । विगतमा धेरै राजनीतिक दलका नेताले सेयर बजारप्रति गैरजिम्मेबार र नकारात्मक अभिव्यक्ति दिएका छन् । प्रधानमन्त्रीसमेत भइसकेका पूर्व अर्थमन्त्री डा. बाबुराम भट्टराईले सेयर बजारलाई ‘जुवा घर’ भन्ने अभिव्यक्ति दिएका थिए भने पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले सेयर बजार र घरजग्गा कारोबारप्रति नकारात्मक टिप्पणी गरेका थिए । नेपाल राष्ट्र बैंकको गभर्नर हुँदादेखि नै उनी सेयर बजार र घरजग्गा कारोबारप्रति असन्तुष्ट थिए । वर्तमान अर्थमन्त्री जनार्दन शर्माले समेत सेयरबजारका बारेमा नकारात्मक टिप्पणी गरेका छन् ।

यद्यपि आफ्नो पार्टीका अध्यक्ष प्रचण्डको अभिव्यक्तिसँगै व्यापक आलोचना भएपछि उनले पछिल्लो समयमा सेयरबजारका बारेमा सकारात्मक टिप्पणी गरेका छन् । सेयरबजारसम्बन्धी जानकारहरुका अनुसार सेयरबजार अत्यन्त संवेदनशील क्षेत्र हो । नेताहरुको टिप्पणीले यस्तो संवेदनशील क्षेत्र अति प्रभावित बन्न पुग्छ । सेयर बजारमा अहिले करिब ४७ लाखले डिम्याट खाता खोलेका छन् । उनीहरुको त्यहाँ सानो सानो भए पनि पूँजी लगानी भएको हुन्छ । नेताहरुको नकारात्मक टिप्पणीले ठूला खेलाडीलाई सेयर बजारलाई प्रभावित बनाउन सहज बनाइदिन्छ ।

उनीहरुको सेयरबजारमा ठूलो पकड हुने भएकाले सेयरको मूल्य घटाउने वा बढाउनेमा उनीहरुको चलखेल बढी हुन्छ । जसबाट साना लगानीकर्ता प्यानिक भएर आफ्नो सेयर नोक्सान खाएर विक्री गर्न बाध्य हुन्छन् । अहिले नेकपा माओवादीले ठूला लगानीकर्ताले कमाए भनेर सेयरबजारलाई सङ्कटग्रस्त बनाउन लागेको जस्तो देखिन्छ । यसले ठूला लगानीकर्ताभन्दा बढी चोट साना लगानीकर्तालाई परेको छ । त्यसैले पूँजीबजारबारे बोल्दा नेताहरुले अधिक सतर्क भएर बोल्नुपर्छ । बरु केही नबोले केही फरक पर्दैन ।