२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम News Polar कांग्रेस महाधिवेशनको चौथो दिन बन्द सत्र, प्रतिवेदन पारित गर्दै सभापति थापाले सम्बोधन गर्ने News Polar ‘सत्ता र शक्तिवालाहरूले कानुन मिच्दा कृष्णलाल अधिकारीहरू जन्मन्छन्, मकैको खेती सुरु हुन्छ’ News Polar मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण News Polar सुडानको टाविलामा बढ्दो मानवीय संकटः एक महिनामा ६ हजारभन्दा बढी विस्थापित News Polar ‘जलवायु न्याय माग्ने नेपालको आधार नै कमजोर’ News Polar मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार News Polar हुम्लामा हिमपातले जनजीवन प्रभावित News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक News Polar कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची News Polar रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख नगद सहयोग गर्ने News Polar मालढुङ्गा पुल पश्चिम नेपालकै लाइफलाइन हो, जतिसक्यो चाँडै सञ्चालनमा ल्याउनुपर्छः ढकाल News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

बसन्त चौधरीले पाए भारतको प्रतिष्ठित केएलएफ अवार्ड

बसन्त चौधरीले पाए भारतको प्रतिष्ठित केएलएफ अवार्ड
अ अ+ अ-

काठमाडौं । भारतको बहुचर्चित कलिंग लिटररी फेस्टिबलमा नेपालका चर्चित कवि बसन्त चौधरीको कृतिले ‘पोएट्री बुक अफ दी इयर’को अवार्ड पाएको छ । वर्ष २०२०–२१ का लागि ‘केएलएफ पोएट्री बुक अफ दी इयर’को अवार्ड चौधरीको हिन्दी कविता संग्रह ‘अनेक पल औ मैं’ ले पाएको हो । वाणी प्रकाशनबाट प्रकाशित यो पुस्तक नेपाल, भारत र विश्वभरका हिन्दीभाषीमाझ निकै चर्चित छ ।

विभिन्न विधामा प्रकाशित उत्कृष्ट कृतिहरुका लागि प्रत्येक वर्ष केएलएफ बुक अवार्डस् वितरण गर्ने गरिन्छ । प्रत्येक वर्ष हिन्दी भाषामा प्रकाशित नन्फिक्सन, फिक्सन बुक, कविता संग्रह, हिन्दी बुक, बायोग्राफी अटोबायोग्राफी, भाषा, पर्यावरण, बच्चाहरुसँग सम्बन्धित कृति, बिजिनेश बुक्स, लाइफ स्टाइल, इमरजिङ ट्रेण्ड बुक्स, खेल तथा सामरिक लगायतका विषयमा लेखिएका पुस्तकहरुबाट उत्कृष्ट छानी अवार्ड घोषणा गर्ने गरिन्छ।

कलिंग लिटररी फेस्टिबल(केएलएफ) अन्तराष्ट्रिय स्तरमै चर्चित साहित्य महोत्सव समेत हो, जुन प्रत्येक वर्ष भारतको ओडिसास्थित मन्दिरै मन्दिरहरुको शहरले चिनिने भूवनेश्वरमा आयोजना गर्ने गरिन्छ । यो वर्ष भूवनेश्वरको स्वस्ती प्रिमियम होटलमा आठौं कलिंग साहित्य महोत्सव आयोजना गरिएको हो ।

स्वतन्त्र अवार्ड छनौट समितिबाट छनौट भएका पुस्तकका सर्जकलाई डिसेम्बर १० देखि १२ सम्म आयोजित साहित्य उत्सवमा अवार्ड वितरण गरिएको हो ।कलिंग लिटररी फेस्टिबलका संस्थापक तथा निर्देशक रश्मी रञ्जन परिदाका अनुसार यो पटकको महोत्सवमा नेपाल साझेदारी देशको रुपमा सहभागी थियो । महोत्सवमा नेपालका राजनीतिज्ञ तथा साहित्यकारहरुको समेत निकै ठूलो सहभागिता थियो ।

यो वर्षको महोत्सवको दौरान भारतबाहिर पहिलोपटक नेपालमा समेत कलिंग साहित्य महोत्सव गर्ने महत्वपूर्ण सम्झौता समेत भएको परिदाले सो क्रममा जानकारी दिइन् ।  यस सम्बन्धमा ‘श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर’सँग केएलएफको एक सम्झौता समेत भएको छ । नेपालमा अब यो महोत्सव प्रत्येक वर्षको अप्रील–मईमा आयोजना गरिनेछ ।

परिदाका अनुसार केएलएफ बुक अवार्डस् विभिन्न शैलीका साहित्यिक प्रतिभाहरुको पहिचान गर्न, उनीहरुलाई प्रोत्साहित गर्न र सम्मान गर्नका लागि अवसर प्रदान गर्ने माध्यम हो । पुरस्कारका लागि एक स्वतन्त्र निर्णायक मण्डलहरुले पुस्तकहरुको चयन गर्ने गर्छ । यस्तो मण्डलमा साहित्यकार, कलाकार तथा अन्य क्षेत्रका विद्धानहरु समेत सहभागी हुने गर्छन् ।

प्रतिष्ठित विधामा केएलएफ अवार्ड पाउने बसन्त चौधरी नेपालका साहित्यिक जगमा एक स्थापित नाम हो । उनले हिन्दी, अंग्रेजी, नेपाली, मैथिली लगायतका भाषमा निरन्तर साहित्य सिर्जना गर्दै आएका छन् । उनले विशेष गरी गीत, गजल, कथा, निबन्ध जस्ता साहित्यिक विधामा कलम चलाउँदै आएका छन् । उनका दर्जनौं कृतिहरु समेत प्रकाशित छन् भने उनीद्वारा लिखित दर्जनौ गीतहरु चर्चित र कालजायी समेत छन् ।