१३ असार २०८३, शनिबार
,
Latest
सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमिक्रोनको अध्ययनपछि तेस्रो डोज लगाउन हङकङका अनुसन्धानकर्ताहरुको आग्रह



अ+ अ-

हङकङ । सिनोभ्याक र बायोएनटेक उत्पादनहरूले ओमिक्रोनलाई रोक्नका लागि पर्याप्तरुपमा एन्टिबडीहरू उत्पन्न नगरेको अध्ययनले देखाएपछि हङकङका अनुसन्धानकर्ताहरुले मानिसहरूलाई जतिसक्दो चाँडो कोभिड–१९ विरुद्धको खोपको तेस्रो डोज लगाउन आग्रह गरेका छन्।

कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टका विरुद्ध सिनोभ्याकको खोपको प्रभावका बारेमा मङ्गलबार जारी नतिजा हङकङ विश्वविद्यालयको माइक्रोबायोलोजी विभागका वैज्ञानिकहरुले गरेको एक अध्ययनको पहिलो प्रारम्भिक आँकडा थियो । अध्ययनअनुसार २५ जना कोरोनाभ्याक खोप प्राप्तकर्ताहरुको कुनै पनि सिरममा नयाँ भेरिएन्टलाई प्रभावहीन बनाउन पर्याप्त एन्टिबडीहरु थिएनन् । 

अध्ययनअनुसार २५ बायोएनटेक खोप लगाउनेहरुमा मात्र पाँचजनामा ओमिक्रोनका विरुद्ध प्रभावहीन गर्ने क्षमता थियो र खोपको क्षमता २० प्रतिशतदेखि २४ प्रतिशत कम भएको थियो । ‘जनतालाई थप मेल खाने खोपको अर्को पुस्ताको पर्खाइमा रहँदा सकेसम्म चाँडो खोपको तेस्रो डोज लिन सल्लाह दिइन्छ’, अनुसन्धानकर्ताहरुले विज्ञप्तिमा भनेका छन् । 

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आइतबार तीव्ररुपमा फैलिने डेल्टा भेरिएन्ट विश्वभरमा हावी रहेको तर ओमिक्रोन भेरिएन्ट स्वाभाविकरुपमा अधिक सङ्क्रामक हो वा होइन भन्नेबारेमा स्पष्ट नभएको बताएको थियो । वैज्ञानिकहरुले कोभिड–१९ का अघिल्ला भेरिएन्टको तुलनामा ओमिक्रोन भेरिएन्टले कम वा धेरै गम्भीर अवस्था निम्त्याउँछ भन्नेबारेमा थाहा पाउन अहिले नै हतार हुने बताएका छन् ।