१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमिक्रोनको अध्ययनपछि तेस्रो डोज लगाउन हङकङका अनुसन्धानकर्ताहरुको आग्रह



अ+ अ-

हङकङ । सिनोभ्याक र बायोएनटेक उत्पादनहरूले ओमिक्रोनलाई रोक्नका लागि पर्याप्तरुपमा एन्टिबडीहरू उत्पन्न नगरेको अध्ययनले देखाएपछि हङकङका अनुसन्धानकर्ताहरुले मानिसहरूलाई जतिसक्दो चाँडो कोभिड–१९ विरुद्धको खोपको तेस्रो डोज लगाउन आग्रह गरेका छन्।

कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टका विरुद्ध सिनोभ्याकको खोपको प्रभावका बारेमा मङ्गलबार जारी नतिजा हङकङ विश्वविद्यालयको माइक्रोबायोलोजी विभागका वैज्ञानिकहरुले गरेको एक अध्ययनको पहिलो प्रारम्भिक आँकडा थियो । अध्ययनअनुसार २५ जना कोरोनाभ्याक खोप प्राप्तकर्ताहरुको कुनै पनि सिरममा नयाँ भेरिएन्टलाई प्रभावहीन बनाउन पर्याप्त एन्टिबडीहरु थिएनन् । 

अध्ययनअनुसार २५ बायोएनटेक खोप लगाउनेहरुमा मात्र पाँचजनामा ओमिक्रोनका विरुद्ध प्रभावहीन गर्ने क्षमता थियो र खोपको क्षमता २० प्रतिशतदेखि २४ प्रतिशत कम भएको थियो । ‘जनतालाई थप मेल खाने खोपको अर्को पुस्ताको पर्खाइमा रहँदा सकेसम्म चाँडो खोपको तेस्रो डोज लिन सल्लाह दिइन्छ’, अनुसन्धानकर्ताहरुले विज्ञप्तिमा भनेका छन् । 

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आइतबार तीव्ररुपमा फैलिने डेल्टा भेरिएन्ट विश्वभरमा हावी रहेको तर ओमिक्रोन भेरिएन्ट स्वाभाविकरुपमा अधिक सङ्क्रामक हो वा होइन भन्नेबारेमा स्पष्ट नभएको बताएको थियो । वैज्ञानिकहरुले कोभिड–१९ का अघिल्ला भेरिएन्टको तुलनामा ओमिक्रोन भेरिएन्टले कम वा धेरै गम्भीर अवस्था निम्त्याउँछ भन्नेबारेमा थाहा पाउन अहिले नै हतार हुने बताएका छन् ।