१० भाद्र २०८३, बुधबार
,
Latest
तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा “केटिएम स्कूल अफ मेकअप स्टुडियो”



अ+ अ-

काठमाडौं । काठमाडौंको अनामनगरमा, केटिएम स्कूल अफ मेकअप स्टुडियोले मेकअप स्टुडियो प्रोफेशनल एम्स्टर्डमको सहकार्यमा आफ्नो मेकअप स्कूलको सुरुवात गरेको छ ।

उक्त स्कूलको सफ्ट लन्च गर्न तथा ब्राइडल मेकअप सम्बन्धि मास्टर्स कक्षा दिनको लागि कलकत्ताबाट प्रशिद्ध मेकअप आर्टिस नम्रता शर्मा आएकी थिइन् । उक्त मास्टर्स कक्षा लिनका लागि देशका विभिन्न भागबाट ख्यातिप्राप्त व्यूटिसियनहरु आएको आयोजकले बताएका छन् । उक्त प्रशिक्षणमा ४ दिनसम्म संचालन भएको थियो ।

केटिएम स्कूल अफ मेकअप स्टुडियो नेदरल्याण्डको सहकार्यमा शुरु भएको हो । अन्तर्राष्ट्रिय मेकअपमा आफ्नो भविष्य बनाउने जो कोहीले ट्रेनिङ लिन सक्ने र सम्पूर्ण प्रोडक्टहरु मेकअप स्टुडियो एम्स्टर्डमको नै प्रयोग गरिने काठमाडौं स्कूल अफ मेकअप स्टुडियोका डाइरेक्टर मिना महतले बताइन । यहाँ अन्तर्राष्ट्रिय स्तरको मेकअप को साथ साथै हेयर स्टाइल सम्बन्धि पनि तालिमको व्यवस्था गरिएको उनले जानकारी दिइन् ।




भर्खरै