७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा “केटिएम स्कूल अफ मेकअप स्टुडियो”



अ+ अ-

काठमाडौं । काठमाडौंको अनामनगरमा, केटिएम स्कूल अफ मेकअप स्टुडियोले मेकअप स्टुडियो प्रोफेशनल एम्स्टर्डमको सहकार्यमा आफ्नो मेकअप स्कूलको सुरुवात गरेको छ ।

उक्त स्कूलको सफ्ट लन्च गर्न तथा ब्राइडल मेकअप सम्बन्धि मास्टर्स कक्षा दिनको लागि कलकत्ताबाट प्रशिद्ध मेकअप आर्टिस नम्रता शर्मा आएकी थिइन् । उक्त मास्टर्स कक्षा लिनका लागि देशका विभिन्न भागबाट ख्यातिप्राप्त व्यूटिसियनहरु आएको आयोजकले बताएका छन् । उक्त प्रशिक्षणमा ४ दिनसम्म संचालन भएको थियो ।

केटिएम स्कूल अफ मेकअप स्टुडियो नेदरल्याण्डको सहकार्यमा शुरु भएको हो । अन्तर्राष्ट्रिय मेकअपमा आफ्नो भविष्य बनाउने जो कोहीले ट्रेनिङ लिन सक्ने र सम्पूर्ण प्रोडक्टहरु मेकअप स्टुडियो एम्स्टर्डमको नै प्रयोग गरिने काठमाडौं स्कूल अफ मेकअप स्टुडियोका डाइरेक्टर मिना महतले बताइन । यहाँ अन्तर्राष्ट्रिय स्तरको मेकअप को साथ साथै हेयर स्टाइल सम्बन्धि पनि तालिमको व्यवस्था गरिएको उनले जानकारी दिइन् ।