१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

कागजी सवारीचालक अनुमति पत्रको पनि नविकरण सुरु



अ+ अ-

चितवन । यातायात व्यवस्था सेवा कार्यालय भरतपुरले बिहीबारदेखि कागजी सवारी चालक अनुमति पत्र नविकरणको काम सुरु गर्ने भएको छ । यही मङ्सिर ८ गतेदेखि स्मार्ट अनुमति पत्रको नविकरण प्रक्रिया सुरु गरेको यस कार्यालयले सबै प्रक्रिया पूरा गरी बिहिबारबाट काम सुरु गर्न लागेको हो ।

कार्यालयका प्रमुख विनोद पौडेलका अनुसार कागजी अनुमति पत्रको नविकरणमा केही समस्या भएका कारण ढिला गरी काम सुरु गरिएको हो । कागजी अनुमति पत्रमा ६० प्रतिशत समस्या आउने भएकाले काम ढिला गरी सुरु गरिएको उहाँको भनाइ छ । सवारी चालक अनुमति पत्र जारी गर्न केही समय लाग्ने भएकाले अहिले प्रतिलिपि जारी गर्न कठिन भएको उहाँले जानकारी दिनुभयो ।

दैनिक ३० जना हाराहारीले नविकरण गर्ने गरेको जनाउँदै उहाँले हालसम्म यहाँबाट २०० भन्दा बढी नविकरण फर्म भरेका बताउनुभयो । चालु आर्थिक वर्षभित्रै सवारीचालक अनुमतिपत्र जारी गर्ने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो । सवारी चालक अनुमति पत्र नविकरण गर्न हेटौँडा जानुपर्ने बाध्यता भने हटेको छ ।