२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकाशमान प्रति धनराजको कटाक्ष : छोरा लुकेर सबै भेडा बेचिदिन्छ !



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले गणेशमान सिह र महेद्रनारायण निधिको त्याग र समर्पण उहाँका पुत्रहरुले बेचेको आरोप लगाउनु भएको छ । शेखर कोइरालाको टिमले महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन आयोजना गरेको कार्यक्रममा उपसभापतिका उम्मेदवार समेत रहेका गुरुङले भन्नुभयो रगतले मात्र छोरा हुदैन बिचारले पनि  हुन्छ उहाँका रगतमा सन्तानले निष्ठार बिचार बेचेपनि आफूहरुले त्यसलाई अघि बढाउने बताउनु भयो ।

उहाँले भन्नुभयो  ‘गणेशमानजी, किसुनजी, महेन्द्रनारायण निधि, बीपी कोइरालाका रगतले मात्र छोरा होइनौं, हामी सबै छोराका दाबेदार हौं । निष्ठाका दाबेदार हौं ।’  ‘मलाई पटक्कै विश्वास छैन, म मान्दा पनि मान्दिन । मैले नमान्दा नमान्दै पनि तर एउटा कुरा अचम्म लागेको छ । बाबु भन्नुहुन्छ, छोरा यी भेडा होइनन् । तर छोरा लुकेर सबै भेडा बेचिदिन्छ । पिताजी भन्नुहुन्छ, बाबु राजनीतिमा नैनिकता हुन्छ । तर छोरा भन्छ, परिआउँदा नैतिकता पनि बेचिदिनुपर्छ ।’

नेता गुरुङले भन्नुभयो चुनावमा हामीहरु  फेल भएका होईन  आफूहरुले ४० प्रतिशत मत ल्याएको भन्दै गुरुङले भन्नुभयो  ‘भोलिको दिनमा हामी कति प्रतिशतमा रहन्छौं, त्यो तपशील हो । तर आउने निर्वाचनमा ५१ प्रतिशतको कांग्रेस बनाउने बोध गरेका छौं ।’ पुन भएको मतदान प्रकाशमान सिह  र बिमलेन्द्र निधिले  शेरबहादुर देउवालाई समर्थन गर्नुभएको थियो । जसका कारण देउवाले बिजयी प्राप्त गर्नुभएको थियो ।