१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकाशमान प्रति धनराजको कटाक्ष : छोरा लुकेर सबै भेडा बेचिदिन्छ !



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले गणेशमान सिह र महेद्रनारायण निधिको त्याग र समर्पण उहाँका पुत्रहरुले बेचेको आरोप लगाउनु भएको छ । शेखर कोइरालाको टिमले महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन आयोजना गरेको कार्यक्रममा उपसभापतिका उम्मेदवार समेत रहेका गुरुङले भन्नुभयो रगतले मात्र छोरा हुदैन बिचारले पनि  हुन्छ उहाँका रगतमा सन्तानले निष्ठार बिचार बेचेपनि आफूहरुले त्यसलाई अघि बढाउने बताउनु भयो ।

उहाँले भन्नुभयो  ‘गणेशमानजी, किसुनजी, महेन्द्रनारायण निधि, बीपी कोइरालाका रगतले मात्र छोरा होइनौं, हामी सबै छोराका दाबेदार हौं । निष्ठाका दाबेदार हौं ।’  ‘मलाई पटक्कै विश्वास छैन, म मान्दा पनि मान्दिन । मैले नमान्दा नमान्दै पनि तर एउटा कुरा अचम्म लागेको छ । बाबु भन्नुहुन्छ, छोरा यी भेडा होइनन् । तर छोरा लुकेर सबै भेडा बेचिदिन्छ । पिताजी भन्नुहुन्छ, बाबु राजनीतिमा नैनिकता हुन्छ । तर छोरा भन्छ, परिआउँदा नैतिकता पनि बेचिदिनुपर्छ ।’

नेता गुरुङले भन्नुभयो चुनावमा हामीहरु  फेल भएका होईन  आफूहरुले ४० प्रतिशत मत ल्याएको भन्दै गुरुङले भन्नुभयो  ‘भोलिको दिनमा हामी कति प्रतिशतमा रहन्छौं, त्यो तपशील हो । तर आउने निर्वाचनमा ५१ प्रतिशतको कांग्रेस बनाउने बोध गरेका छौं ।’ पुन भएको मतदान प्रकाशमान सिह  र बिमलेन्द्र निधिले  शेरबहादुर देउवालाई समर्थन गर्नुभएको थियो । जसका कारण देउवाले बिजयी प्राप्त गर्नुभएको थियो ।