१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लवको निशानामा स्थानीय सरकार



अ+ अ-

बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आधार इलाका मानिन्छ, प्रदेश ५ । सशस्त्र द्वन्द्वको केन्द्र रोल्पासहित कपिलवस्तु, दाङ र रूकुम पूर्वमा विप्लव कार्यकर्ताको बाहुल्य देखिएको छ । उनीहरूले विगतमा झैं ‘जनसरकार’ खडा गरेका छन् । उनीहरूका उर्दी र चन्दाको मुख्य निशाना भने जनप्रतिनिधि र स्थानीय सरकार बनेका छन् ।

प्रदेश ५ का अधिकांश स्थानीय तहमा उक्त पार्टीको ‘सहयोग अपिलपत्र’ पुगेको छ । विप्लव कार्यकर्ताले धम्की र चेतावनीसमेत दिएका छन् । जनप्रतिनिधिले भने यसको प्रतिवाद गर्न सकिरहेका छैनन् । ‘प्रतिरोध गर्न सक्ने अवस्थै छैन’, रोल्पाका एक जनप्रतिनिधिले भने, ‘यही गाउँमा बस्नु छ । हुँदैन, गर्न सकिँदैन भन्ने अवस्था छैन ।’

जनप्रतिनिधिको समस्या मात्रै होइन यो, ठेकेदार, शिक्षक, प्राध्यापकको पनि हो । रोल्पाका तत्कालीन नेकपा माओवादी केन्द्रनिकट प्राध्यानाध्यापकलाई गत वर्ष ५/५ लाख रुपैयाँ चन्दा दिनुपर्ने माग भयो । त्यसले उनीहरूको भागाभाग मच्चिएको थियो । त्यो क्रम अझै रोकिएको छैन ।

चन्दा नदिएको भन्दै विप्लव कार्यकर्ताले रूपन्देहीको शुद्धोधन गाउँपालिका अध्यक्ष किशुनचन्द्र चौधरी, प्युठानको स्वर्गद्वारी नगरपालिकाका मेयर नेत्रबहादुर रोकाया र पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेलाई मोसो दले । ‘एक साताअघि आर्थिक सहयोग गर्नु हुन भनेर चिठी प्राप्त भएको छ’, स्वर्गद्वारीका मेयर रोकायाले भने, ‘यसअघि हाम्रो कब्जामा छस् भनेर धम्की दिए । अहिले सहयोग मागेका छन् ।’

यसअघि पनि उनीहरूले कामकारबाही नसच्चिए कठोर कदम चाल्ने धम्की विज्ञप्तिमार्फत दिएका थिए । जनप्रतिनिधिले जनभावनाविपरीत काम गरेको आरोप विप्लव पक्षले लगाएको छ । उक्त पार्टीले जिल्लाका नौवटै स्थानीय तहमा सहयोगका लागि पत्र पठाएको छ । ‘सहयोगका लागि पत्र हात परेको छ’, माण्डवी गाउँपालिका अध्यक्ष श्रीधर रोका मगरले भने, ‘यो विषयमा थप निर्णय गरेका छैनौं ।’

दाङको बंगलाचुली गाउँपालिकाको गाडीमा आइतबार आगजनी भयो । विप्लवका यस्ता गतिविधि बढ्ने आशंका स्थानीयले गरेका छन् । उक्त गाउँपालिका प्युठानको माण्डवी गाउँपालिकासँग जोडिएको क्षेत्र हो ।

निर्माणका काममा कमिसन माग्ने क्रम अधिकांश जिल्लामा चलिरहेको छ । ज्यान जोगाउन कमिसन दिनुपर्ने बाध्यता रहेको निर्माण व्यवसायी बताउँछन् । वडा कार्यालय र सवारी साधनमा आक्रमण भएपछि जनप्रतिनिधि त्रसित छन् । प्रदेश ५ का रोल्पा, बर्दिया, दाङ, कपिलवस्तुमा वडा कार्यालय र गाडीमा क्षति पुर्याउने काम विप्लवका कार्यकर्ताले गरेका छन् ।

कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्ष र दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा शनिबार राति आगजनी भएको छ । मायादेवीका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु।१झ ४०० नम्बरको गाडी आगजनीबाट क्षतिग्रस्त भएको छ । आगजनी कसले ग¥यो भन्ने पत्तो नपाएको उनले बताए ।

विप्लव कार्यकर्ताले सरकारी गाडीउपर कारबाही गर्ने नीति लिएको देखिएको छ । घटनाको अनुसन्धान भइरहेको कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशमशेर जबराले बताए । दाङको बंगलाचुली गाउँपालिकाको रा।१झ १५२ नम्बरको गाडी आगजनीबाट क्षति भएको छ । शनिबार राति पौने १ बजे गाडीमा आगजनी भएको थियो । वडा नम्बर ५ को वडा कार्यालय मुर्कुटीमा गाडी पार्किङमा थियो । प्रहरी सहायक निरीक्षक गोपालप्रसाद शर्माका अनुसार स्थानीयले आगो निभाएका थिए ।

प्रदेश ५ मा यी दुई घटनाअघि पनि स्थानीय तहमा आक्रमणका घटना भएका थिए । बर्दियाको गेरुवा गाउँपालिका–६ को कार्यालयमा असार २३ मा आगजनी भएको थियो । विप्लवको पार्टीका प्रचार सामग्री घटनास्थलमा भेटिएको थियो ।

रोल्पाको गंगादेव गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीले भाडामा प्रयोग गरिरहेको गाडीमा उनीहरूले फागुन २१ गते आगजनी गरेका थिए । रातको समयमा भे।१ज २७८५ नम्बरको भाडाको गाडीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताएका थिए । सोही रात त्रिवेणी गाउँपालिकाको गाडी तोडफोड भएको थियो । गाडीनजिकै र गाउँपालिका कार्यालयनजिकै बम भेटिएको थियो ।

फागुन २२ गते राति त्रिवेणी गाउँपालिकाको रा।१ क ७१२ नम्बरको जेसीबीमा पनि आगजनी भएको थियो । गाडी र कार्यालयमा शृंखलाबद्ध आक्रमणले जनप्रतिनिधि त्रासमा छन् । प्रहरीकहाँ सुरक्षा माग गर्नेहरू भने छैनन् । रोल्पाका प्र्रहरी उपरीक्षक खड्काले लिखित र मौखिक उजुरी नआएको बताए । प्रहरीले विप्लव गतिविधि रोक्दै कार्यकर्ता पक्राउलाई निरन्तरता दिएको छ । आक्रमणका घटना भने रोकिएका छैनन् ।

पक्राउ गर्दै छाड्दै

प्रहरीले विप्लव कार्यकर्तालाई पक्राउ गरेको छ । केहीबाहेक अधिकांश छुटेका छन् । बर्दिया जिल्ला सेक्रेटरी गणेश अर्याल आइतबार पक्राउ परे । जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलीले सदरमुकाम गुलरियास्थित राधाकृष्ण चोकबाट उनलाई नियन्त्रणमा लिएको हो । गेरुवा गाउँपालिकाको वडा कार्यालय आगलागी घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए ।

विप्लवनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य पुष्पराज न्यौपाने बर्दियाबाट रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशले न्यौपाने छुटेका हुन् । उनी पक्राउ पर्दै रिहा हुँदै आएका छन् ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।