१३ असार २०८३, शनिबार
,
Latest
सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

भागबण्डा र गुटबन्दीको राजनीतिमा लाग्दैनौ : शेखर कोइराला



file
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापतिमा भएको पराजयलाई आफूले स्वभाविक रुपमा लिएको बताउनु भएको छ । पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा पराजित भएपछि बुधबार काठमाडौंमा आयोजित आफ्ना विचार समूहका नेता, कार्यकर्ताहरुको भेलामा बोल्दै उहाँले सभापति देउवा स्वस्थ प्रतिस्पर्धाबाट सभापति बन्नु भएको उल्लेख गर्दै कार्यकालको पूर्ण सफलताको कामना पनि गर्नु भयो ।

नेता कोइरालाले नवनिर्वाचित पार्टीका सभापति देउवालाई विगतमा जसरी बेथितिका साथ पार्टी चलाए सशक्त प्रतिवादा उत्रने चेतावनी समेत दिनु भयो । आफूले सभापतिमा भएको पराजयबाट कुनै कुण्डा नलिएको भन्दै उहाँले यस महाधिवेशनबाट आफ्ना विचार समूहको विचारको जीत भएको दावी समेत गर्नु भयो । नेता कोइरालाले महाधिवेशनले आफूलाई जनताको घरदैलोमा जाने सन्देश दिएको उल्लेख गर्दै आजैबाट उनीहरुको घरदैलोमा पुगेर आगामी महाधिवेशनमा आफ्नो विचार समूहलाई विजयी बनाउने विश्वास समेत व्यक्त गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘सबैभन्दा पहिले त शेरबहादुरजी जो हाम्रो पार्टी सभापति पनि हुनुहुन्छ । उहाँलाई बधाईँ दिन चाहन्छु । साथै उहाँको चार वर्षको कार्यकालको सफलताको पनि कामना गर्दछु । उहाँसँगको प्रतिस्पर्धाको नेपाली काँग्रेसको यो आन्तरिक लोकतन्त्र हो । आन्तरिक लडाई हो हामीहरुको । स्वस्थ प्रतिस्पर्धाबाट उहाँ विजयी हुनु भएको छ । विजयी भईसकेपछि अव उहाँको टिम कस्तो आउछ, हाम्रा साथीहरु कति जित्नु हुन्छ ? त्यो त मतगणना पछि निर्णय गर्नेछ । तर जसरी साँढे पाँच वर्ष पार्टी व्यथितिको हिसावले चल्यो, त्यसैगरी चल्न थाल्यो भने हामी सशक्त रुपले प्रस्तुत हुनेछौं । म पराजय भए । निर्वाचन भईसकेपछि कोही जित्छ, कोही हार्छ । त्यो स्वभाविक हो । मैले यसलाई एकदमै स्वभाविक रुपमा लिएको छु । कुनै कुण्ठा पनि छैन । कसेले के ग-यो ? कसो ग-यो, किन ग-यो भन्ने पनि मेरो मनमा छैन । किनभने पार्टी भित्र कसले मलाई सर्पोट गर्नु भयो, कसले गर्नु भएन, के भयो, कसो भयो ? त्यो आफ्नो ठाउँमा छ । तर यो पराजयमा सबभन्दा राम्रो कुरा मैले के देखे भने–नेपाली काँग्रेसका तपाईजस्ता साथीहरु, लोकतन्त्रप्रेमी नेपाली काँग्रेसलाई माया गर्ने साथीहरु र आम जनताले हामीले लिएको कदम, हाम्रो टिमले लिएको कदमको विजयी उहाँहरुले सोच्नु भएको छ ।

त्यसकारण पनि हामी विजयी भएको छौं भन्ने मलाई लाग्छ । हाम्रो राजनीतिक जुन मुद्धाहरु छ । जुन एजेण्डाहरु छ । त्यो अव स्थापित भएको छ । संगसँगै युवा पुस्ताको लागि नेपाली काँग्रेस भित्र अवसरै अवसर खोलि दिएका छौं । अव तपाईहरु निश्चिन्त ढंगले गाउँघरमा बस्दाखेरी ढुक्कले म नेपाली काँग्रेसको हुँ भनेर तपाईहरु बस्न सक्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु । म आजैदेखि नेपाली काँग्रेसको रुपान्तरणका लागि लागि सकेको छु । निरन्तर रुपमा तपाईहरुको घरदैलोमा पुग्नेछ । र मेरा टीमका साथीहरु पनि तपाईँहरुको घरदैलोमा पुग्नु हुनेछ । र आगामी अधिवेशनमा हामीहरु सफलता प्राप्त गर्नेछौं भन्ने विश्वास पनि लिएको छु । हामीहरु भागबण्डाको राजीनीतिमा लाग्दैनौं । गुटबन्दीको राजनीतिमा हामी लाग्दैनौं । हामी हाम्रो काम गर्दै जान्छौं ।

राम्रो काम गर्दै गयौं भने पक्कै पनि आफै उहाँहरुलाई सोच्न बाध्य बनाउँछौ भन्ने कुरा तपाईहरुको माझ राख्न चाहन्छु । अन्तमा प्रतिनिधि साथीहरुले महाधिवेशनमा अत्यन्त मेहनत, अत्यन्त जुझारुपन वडादेखि देखाउँदै यहाँसम्म आउनु भयो । र तपाईहरुले जुन मेहनत गर्नु भयो । जुन मलाई माया दिनु भयो । सम्मान दिनु भयो, इज्जत दिनु भयो । त्यो म कहिल्यै पनि बिर्सन सक्ने छैन । यही तपाईहरुले जुन माया दिनु भएको छ । यो मायाले मेरो राजनीतिक यात्रा फेरी नयाँ ढंगले सुरु गर्छु ।’

नेता कोइरालाले आफूलाई माया, इज्जत, मान र प्रतिष्ठा दिएको भन्दै महाधिवेशनका प्रतिनिधिहरुप्रति आभार व्यक्त गर्दै आगामी दिनमा त्यो मायालाई कहिल्यै नविर्सने बताउनु भयो ।