७ पुष २०८२, सोमबार
,
Latest
राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

तौलिहवामा ट्याक्टरको ठक्‍करबाट एक महिलाको मृत्यु



अ+ अ-

कपिलवस्तु । तौलिहवा लुम्बिनी सडकखण्डको दोहनीमा ट्याक्टरको ठक्‍करबाट सोमबार बिहान एक महिलाको मृत्यु भएको छ।

तौलिहवाबाट पकडीतर्फ जाँदै गरेको लु २ त ५८३९ नम्बरको ट्याक्टर र विपरित दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेट युपी ५५ एस ०२१८ नम्बरको मोटरसाइकल ठोक्‍किँदा मोटरसाइकलमा सवार मायादेवी गाउँपालिका– २ अभिरावकी ४२ वर्षीया प्रमिला यादव गम्भीर घाइते भएकी थिइन्।

घाइते यादवको उपचारका क्रममा तौलिहवा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।मृतक यादवका छोरा मोटरसाइकल चालक संजय यादव, मोटर साइकल र ट्याक्टर प्रहरी नियन्त्रणमा रहेका छन्। ट्याक्टर चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरी उपरीक्षक दीप शमशेर जबराले बताए।