२८ भाद्र २०८३, आईतवार
,
Latest
हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

माल्टाका नेपालीको माग ‘दूतावास फेरिपाऊँ’



अ+ अ-

काठमाडौं । अध्ययन र रोजगारीका लागि युरोपेली मुलुक माल्टा जाने नेपालीहरुको संख्या बढिरहेका बेला सो मुलुकको आवागमन नियमनका लागि पायक पर्ने नेपाली दूतावास तोक्न माग गरिएको छ ।

भिसा प्रक्रिया, कामदारको माग प्रमाणीकरण र दूतावाससँग सम्बन्धित अन्य कार्यसम्पादनलाई चुस्त र व्यावहारिक बनाउन गैरआवासीय नेपाली संघ ९एनआरएनए०ले परराष्ट्र मन्त्रालयसमक्ष सो माग राखेको हो ।

माल्टालाई अहिले बेलायतस्थित नेपाली दूतावासले हेर्दै आएकोमा लन्डन दूतावासका कूटनीतिक अधिकारी माल्टा जान र त्यहाँका नेपाली लन्डन आउन हरेक पटक भिसा अनिवार्य भएकाले यस्तो व्यवस्था सधंै व्यावहारिक नहुने एनआरएनएको ठहर छ ।

गत साता इटालीको रोममा सम्पन्न एनआरएनएको १२ औं युरोप क्षेत्रीय बैठकले इटालीसमेत नियाल्ने स्वीजरल्यान्ड दूतावासमार्फत परराष्ट्रलाई पत्राचार गरेको छ । एनआरएनएको रोम बैठकले माल्टासहित पोल्याण्ड र पोर्चुगलमा दूताबास स्थापना गर्न र ती मुलुकमा कूटनीतिक मिसन सुरु नहुँदासम्म पायक पर्ने कूटनीतिक नियोगलाई जिम्मेवारी हस्तान्तरण गर्न आग्रह गरेको छ । बैठकले गरेका निर्णय पश्चात जारी गरिएको १७ बुँदे घोषणापत्रको १३औं बुँदामा यो विषय समेटिएको छ ।

नेपालले युरोपका अस्ट्रिया, बेलायत, बेल्जियम, डेनमार्क, फ्रान्स, स्वीजरल्यान्ड, जर्मनी, रुस र स्पेनमा नेपाली दूतावास स्थापना गरेको छ । फ्रान्स, बेल्जियम र स्पेनमध्ये कुनै एक दूतावासमार्फत माल्टा नियाल्ने जिम्मेवारी तोकिएमा दूतावाससँग सम्बन्धित कामकाज र अन्य व्यावहारिक कठिनाई सहज हुने विकल्प सुझाउँदै परराष्ट्रलाई ध्यानाकर्षण गराइएको एनआरएनएका युरोप क्षेत्रीय संयोजक शिवकुमार बरुवालले बताउनुभएको छ ।

युरोप र उत्तर अमेरिका वीचको सो मुलुक र नेपालबीच सन् १९८३ मा दौत्य सम्बन्ध स्थापना भएको थियो । माल्टामा रहेका नेपालीको संख्या पाँच हजार हाराहारी पुगेको दावी गरिएपनि एनआरएनको सम्पर्कमा रहेकाहरुको संख्या आठसयका हाराहारीमा रहेको बरुवालले बताउनुभयो । एनआरएनएको रोम बैठकमा युरोपेली मुलुकका नेपाली राजदूत र दूतावासका प्रतिनिधि पनि सहभागी थिए ।

सो जमघटमा पोल्यान्डबाट आउने नेपाली कामदारको मागपत्र प्र्रमाणीकरण स्थगित खुला गर्न र पोल्यान्डमा समेत दूतावास खोल्न नेपालीहरुले राजदूतहरुको ध्यानाकर्षण गराएका थिए । जर्मनीस्थित नेपाली दूतावासले पोल्यान्ड समेत नियाल्दै आएको छ । तर दूतावासले जनशक्ति अभावको कारण देखाउँदै विगत पाँच महिनायता पोल्यान्डबाट आउने कामदारको माग प्रमाणीकरण रोकेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सरोज पोखरेलले बताउनुभयो ।

जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले हाल पोल्यान्डसहित विभिन्न ९ मुलुक र जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसंघीय महासन्धि (यूएनएफसीसीसी) नियाल्दै आएको छ ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।