• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   के कोहलीले फाइनलका लागि रन बचाएर राखेका हुन् ? ★   भारत र दक्षिण अफ्रिकाबीचको फाइनलमा पानी पर्ने सम्भावना, आज खेल नभए के हुन्छ ? ★   वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री ★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दै राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट

नेकपामा शिरदेखि पाउसम्मै ‘लफडा’



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले सांगठानिक एकताको काम सम्पन्न गर्न नसक्दा केन्द्रदेखि स्थानीय तहसम्म विवाद बढ्न थालेको छ । जिम्मेवार कार्याकर्ताहरूबीच नै पोलापोल र जुहारी चल्न थालेको छ ।

पार्टी मिल्दा छ महिनाभित्र सांगठानिक एकीकरण सम्पन्न गर्ने घोषणा गरिएको थियो । नेकपाले सचिवालय, स्थायी समिति, केन्द्रीय समिति, प्रदेश कमिटी जिल्ला इन्चार्ज, सह–इन्चार्ज, जिल्ला कमिटी, जनवर्गीय संगठनले पूर्णता पाए पनि स्थानीय तहको एकता प्रक्रिया अझै अगाडि बढन सकेको छैन् ।

सचिवालयमा स्कुल विभाग पूर्व एमाले या पूर्व माओवादीले लिने भन्ने विवाद चर्किएको छ भने स्थानीय तहमा नेतृत्व लिने विषयमा पनि नेकपाभित्र हानाथाप बढ्दै गएको छ । विभागहरुको जिम्मेवारी बाँडफाँड र नेतृत्वमा मोटामोटी सहमति जुटे पनि स्कुल विभागमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलबीचको विवादको कारण आधा महिनादेखि सचिवालय बैठक नै बस्न सकेको छैन ।
एकीकरणको सम्पूर्ण निर्णय अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्दै आउनुभएको छ । स्कुल विभागको जिम्मेवारीबारे अध्यक्षद्धयबीच नै कुरा मिल्न नसकेपछि सकस देखिएको छ ।

एकताको बाँकी काम पूरा गर्नका लागि प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीको कार्यव्यस्ता नै प्रमुख कारण मानिदै आएको छ । नेकपाभित्र अध्यक्ष ओली÷प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको गुट सक्रिय रहदै आएको छ । शीर्ष नेताहरुबीच नै आशंका र अविश्वास बढ्दै गएकाले विभागहरुले पूर्णता पाउन अझै धौधौ देखिन्छ ।

वरिष्ठ नेता झलनाथ खनालले एकताको भावनाअनुसार सांगठानिक एकता प्रक्रियाले समयमा नै पूर्णता पाउन नसकेको बताउँदैे नेपाल समाचारपत्रसँग भन्नुभयो, ‘ढिला भएको छ, हामीले छिटो गराँै भनेका छौं, अब बाँकी कामलाई सचिवालले टुंगो लगाएर पार्टीले अभियान सञ्चालन गरेर अगाडि बढछ ।’

उहाँले अब बस्ने सचिवालय बैठकले स्कुल विभाग लगायतका विवादित विषयको टुंगो लगाएर अगाडि बढ्ने दावी गर्नुभयो ।
स्थानीय कमिटीलाई पूर्णता दिने अधिकार पाएका जिल्ला कमिटीका इन्चार्ज, अध्यक्ष र सचिवहरुले पनि पटक–पटक प्रदेश कार्यालयले दिएको निर्देशनअनुसार काम गर्न सकेका छैनन् । स्थानीय कमिटीलाई गत असार मसान्तभित्र नै पूर्णता दिने निर्देशन दिए पनि जिल्ला कमिटीका इन्चार्ज, अध्यक्ष र सचिवहरुले वेवास्ता गर्दै आएका छन् ।

जिल्ला कमिटीका इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिवलाई नै स्थानीय कमिटीलाई पूर्णता दिने जिम्मेवारी प्रदेश कमिटीले दिएको छ । तर तोकिएको समयभित्र स्थायी कमिटीले पूर्णता पाउनसकेको छैन । स्थानीय कमिटीमा पनि केन्द्रमा जस्तै कसले नेतृत्व लिने भन्ने हानथाप छ ।
नेकपा तीन नम्बर प्रदेश कमिटीका सचिव आनन्द पोखरेलले यही साउनभित्र स्थायी कमिटीको एकतलाई पूर्णता दिन जिल्ला कमिटीका इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिवहरुलाई निर्देशन दिएको बताउनुभयो ।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो,‘यही साउन मसान्तभित्र प्रदेशअन्तर्गतका रहेका स्थानीय कमिटीलाई पूर्णता दिएर नामावली बुझाउन भनेका छौँ, जिल्लाले सकेन भने प्रदेश कमिटीले नै स्थानीय कमिटीलाई पूर्णता दिन्छ ।’

उहाँका अनुसार काठमाडौं, रसुवा, दोलखा र सिन्धुली जिल्लाअन्तर्गत रहेका स्थायी कमिटीले पूर्णता पाइसकेका छन् । चितवन, मकवानपुर, भक्तपुर र रामेछाप जिल्लाले साउनभित्र नै एकीकरणको काम सम्पन्न गर्ने प्रतिबद्धता प्रदेश कार्यालयसँग गरेको छ भने सिन्धुपाल्चोक, धादिङ र नुवाकोटमा कुन स्थानीय तहको कमिटीमा कसले जिम्मेवारी लिने भन्ने विवाद रहेको छ ।

भदौं १५ गतेबाट सांगठानिक सुदृढीकरणको अभियान सञ्चालन गर्छौ, अब एकीकरणको काम अन्तिम चरणमा पुगेको छ, सचिव पोखरेलले भन्नुभयो ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।