२८ भाद्र २०८३, आईतवार
,
Latest
हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिडिया विधेयकः ओली र देउवाबीच सहमतिको प्रयास



अ+ अ-

काठमाडौं । निकै चर्चामा रहेको मिडिया काउन्सिलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक अगाडि बढाउने बिषयमा सोमबार सहमति जुटेको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकक्ष (सिंहदरवार)मा भएको उक्त छलफलमा उक्त विधेयक छिट्टै सदनमा अगाडि बढाउन सहमति जुटेको हो । साथै त्यसका लागि सबै दलसँग सहमति जुटाउने विषयमा पनि छलफल भएको बताइएको छ ।

उक्त छलफलमा राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाल, सूचना तथा सञ्चार प्रबिधिमन्त्री गोकुल बाँस्कोटा, राष्ट्रिय सभामा सत्तापक्षका प्रमुख सचेतक खिमलाल भट्टराई, सांसद दीनानाथ शर्मा, विपक्षी दलका प्रमुख सचेतक सुरेन्द्रराज पाण्डे, विपक्षी दलका सचेतक सरिता प्रसाईँ, समाजवादी पार्टीका नेता प्रमिला कुमारी र पत्रकार महासंघका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

यसअघि प्रस्तावित मस्यौदामा वर्तमान प्रेस काउन्सिललाई सरकारनियन्त्रित बनाउन र दण्ड–जरिवानाको प्रावधान राखेर प्रेसमाथि नियन्त्रण गर्न खोजिएको भन्दै चौतर्फी विरोध भएपछि उक्त विधेयक अहिलेसम्म ‘टेबुल’ हुनसकेको थिएन ।

राष्ट्रिय सभामा दर्ता भएको उक्त विधेयकको विरोधमा नेपाल पत्रकार महासंघ लगायतका केही सरोकारवाला संस्थाहरूले आन्दोलनमा उत्रेपछि सरकारले त्यसलाई स्थगित गरेको थियो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि उक्त विधेयकमा राखिएका कतिपय प्रावधानप्रति आपत्ति जनाउदै संसद नै अवरुद्ध गरेपछि त्यसलाई अघि बढाउन सरकारलाई सकस परेको थियो । तर केही दिनअघि सरकार र महासंघबीच समस्या समाधान गरेर जाने सहमति भएपछि महासंघले आन्दोलन स्थगित गरेको थियो ।

यसैबीच सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पत्रकार महासंघले अगाडि सारेका तीन बुँदे मागलाई सम्बोधन गर्न सरकार सकारात्मक भएको बताउँदै नेपाल समाचारपत्रसँग भन्नुभयो–छलफल सकारात्मक ढंगबाट अगाडि बढेको छ, अब विवाद गर्न आवश्यक छैन्, जायज माग पूरा गर्न सरकार तयार छ ।’

विपक्षी दलका प्रमुख सचेतक पाण्डेले आफ्नो दल र पत्रकार महासंघले उठाएको माग पूरा गर्न सञ्चारमन्त्रीले प्रतिबद्धता व्यक्त गर्नुभएकाले छलफल सकारात्मक भएको बताउनुभयो ।

उहाँका अनुसार विधेयक टेबुल गर्नका लागि प्रधानमन्त्री र प्रमुख प्रतिपक्ष दलका नेताबीच केही दिनभित्रै छलफल हुनेछ । ‘प्रधानमन्त्री र प्रमुख प्रतिपक्ष दलका नेताबीच सहमति जुटेपछि संशोधन गर्ने शर्तमा विधेयक टेबुल हुन सक्छ’, उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो ।
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले मिडिया काउन्सिल विधेयक अगाडि बढाउने विषयमा सत्ता पक्ष, प्रमुख प्रतिपक्ष र पत्रकार महासंघका प्रतिनिधिहरुबीच सकारात्मक छलफल भएको बताउनुभयो ।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो–सञ्चार मन्त्रीले सकारात्मक प्रतिबद्धता जनाउनु भएको छ, सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका नेताहरुले प्रधानमन्त्री र प्रमुख प्रतिपक्ष दलका नेतासँग छलफलमा भएको विषय राख्ने कुरा भएको छ ।’

अध्यक्ष तिमिल्सिनाले सहमति जुटाएर आउँदो बुधबार बस्ने बैठकमा विधेयक टेबुल गर्ने गृहकार्य अगाडि बढाएको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।