काठमाडौ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानअन्तर्गत उपसभापति पदको मतगणना जारी छ । तीनहजार सय मत गन्दा उपसभापतिका उम्मेदवार धनराज गुरूङले १४६० डा.चन्द्र भण्डारीले ११७५ पूर्णबहादुर खड्काले ८९०, विजय गच्छदारले ८२२मत प्राप्त गर्नुभएको छ । यसै गरी महेश आचार्यले ३५० र दिब्या शाहले १७५ मत प्राप्त गर्नुभएको छ ।
मतगणना तीन स्थानमा गरिएको छ । सोमबार भएको मतदानमा उपसभापति दुई (२) पदका लागि पार्टीका नेता गच्छदार, खड्का, आचार्य, कोइराला, भण्डारी, गुरुङ र शाहले उम्मेदवारी दिनुभएको थियो । जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए ।