७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकलको ठक्करबाट पूर्वप्रधानपञ्‍चको मृत्यु



अ+ अ-

राजविराज । सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका-१ जण्डौलमा सोमबार राति भएको दुर्घटनामा पूर्व प्रधानपञ्च मोतीलाल चौधरीको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को.३४प ८३३७ नम्बरको मोटरसाइकलको ठक्करले साविक जण्डौल गाविसका पूर्व प्रधानपञ्च ७२ वर्षीय मोतीलाल चौधरीको मृत्यु भएको हो ।

पूर्वप्रधानपञ्च चौधरी महुली बजारको हटियाबाट साइकलमा गाउँ फर्कदै थिए। चौधरीको शवको मंगलबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पोष्टमार्टम गरिएको छ।