७ पुष २०८२, सोमबार
,
Latest
राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

१ लाख ६० हजार घुससहित वडा सदस्यका छोरा पक्राउ



अ+ अ-

जनकपुरधाम । महोत्तरीका एक जनप्रतिनिधिका छोरा घूससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा होत्तरीको भंगहा नगरपालिका ८ का सदस्य कारी साहका छोरा मुकेश साह रहेका छन् ।

मुकेश जनकपुरधाम उपमहानगरपालिका ९ पिडारी चोकस्थित राष्ट्रिय बाणिज्य बैंक अगाडिबाट मंगलबार १ लाख ६० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका हुन् ।

सडक ढलान गरेको उपभोक्ता समितिका पदाधिकारीको बिल पास गरिदिने नाममाम वडाध्यक्ष रफिक आलम र सदस्य कारीले घुस मागेका थिए ।

पक्राउ परेका मुकेशमाथि अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले जनाएको छ ।