२२ असार २०८३, सोमबार
,
Latest
पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल विदेशी प्रतिनिधिसँग प्रधानमन्त्री बालेनको पहिलो ‘वान-अन-वान’ कूटनीतिक भेट हुँदै स्वास्थ्यमन्त्री मेहताको सक्रियता,कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन गृहमन्त्रीसँग संयुक्त निरीक्षण ऊर्जा मन्त्री श्रेष्ठका १०० दिन: १३८ मेगावाट विद्युत् थप, नीतिगत सुधारमा जोड बेलिङ्घमको दुई गोलमा इङ्गल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनाधिकृत घुम्ति व्यापार गर्न नपाइने नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु



अ+ अ-

चितवन । नारायणगढको लायन्सचोकमा मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक पैदलयात्री भरतपुर ११ जागृति चोकका २६ वर्षका रोशन सिलवाल रहेका छन् ।

सोमबार राति साढे १० बजे लायन्सचोकमा भरतपुरको चौबिसकोठीबाट नारायणगढ पुलचोकतर्फ आउँदै गरेको प्रदेश ३–०३००१ प ९२२ नम्बरको मोटरसाइकलले सिलवाललाई ठक्कर दिएको थियो ।

ठक्करपछि गम्भीर घाइते भएका उनको उपचारको क्रममा एक घण्टापछि भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा मृत्यु भएको हो । मृतकको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।