७ पुष २०८२, सोमबार
,
Latest
राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु



अ+ अ-

चितवन । नारायणगढको लायन्सचोकमा मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक पैदलयात्री भरतपुर ११ जागृति चोकका २६ वर्षका रोशन सिलवाल रहेका छन् ।

सोमबार राति साढे १० बजे लायन्सचोकमा भरतपुरको चौबिसकोठीबाट नारायणगढ पुलचोकतर्फ आउँदै गरेको प्रदेश ३–०३००१ प ९२२ नम्बरको मोटरसाइकलले सिलवाललाई ठक्कर दिएको थियो ।

ठक्करपछि गम्भीर घाइते भएका उनको उपचारको क्रममा एक घण्टापछि भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा मृत्यु भएको हो । मृतकको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।