१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्च र जिल्ला अदालतमा माघ २ देखि गोलाप्रक्रियाबाट पेसी



अ+ अ-

काठमाडौं  । सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) ले उच्च र जिल्ला अदालतमा आगामी माघ २ गतेदेखि गोलाप्रक्रियाबाट पेसी तोक्ने निर्णय गरेको छ । सर्वोच्च अदालतमा बुधबार बसेको पूर्ण बैठकले उक्त निर्णय गरेको हो । साथै बैठकले उक्त प्रक्रियाबाट पेसी व्यवस्थापन गर्न उच्च र जिल्ला अदालतको नियमावली संशोधन र निर्देशिका तयार गर्ने निर्णयसमेत गरेको छ ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार बैठकले आगामी माघ २ गतेदेखि उच्च र जिल्ला अदालतमा गोलाप्रक्रिया प्रणालीबाट पेसी तोक्ने निर्णय गरेको छ र त्यसका लागि नियमावली संशोधन गर्ने र निर्देशिका र मस्यौदा तयारी गरी पूर्ण बैठकमा पेस गर्न सर्वोच्च प्रशासनमा निर्देशन दिने निर्णय भएको छ ।

सर्वोच्च अदालतमा यही मङ्सिर १५ गतेदेखि गोलाप्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ प्रारम्भ गरिएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदनले अदालतमा भइरहेका विकृतिविसङ्गति हटाउन गोलाप्रक्रियाबाट पेसी तोक्न सुझाव दिएको थियो ।