१० भाद्र २०८३, बुधबार
,
Latest
तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमतीको हत्या गरी श्रीमान फरार



अ+ अ-

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–५ का प्रदीपकुमार यादवले श्रीमतीको मङगलबार हत्या गरेका छन् । घरमा कोही नभएको मौकामा प्रदीपले श्रीमती आनन्दी यादवको हत्या गरेको स्थानीयवासी हरिनारायण यादवले बताउनुभयो ।

घरायसी झगडा भएको बहानामा प्रदीपले श्रीमतीलाई घरको पछाडि लगेर घाँटी थिचेर हत्या गरेको स्थानीयवासी हरिनारायण यादवले बताउनुभयो । घरमा कोही नभएको बेला प्रदीपले श्रीमतीलाई कुटपिट गरेर गम्भीर घाइते बनाएको र उपचारका लागि विराटनगर लगेकामा उपचारकै क्रममा आनन्दीको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिनुभयो ।

हत्यामा संलग्न प्रदीप फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । हत्या गरेको भन्दै सोधपुछका लागि प्रहरीले प्रदीपका बुबा राजिन यादवलाई नियन्त्रणमा लिएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।




भर्खरै