१० भाद्र २०८३, बुधबार
,
Latest
तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराका वडा कार्यालयमा श्रृखलाबद्ध चोरी गर्ने पक्राउ



अ+ अ-

काठमाडौं । पोखराको वडा कार्यालयहरुमा श्रृखलाबद्ध चोरी गर्दै आएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं–११ घर भई पोखरामा डेरा गरी बस्ने किशोर थापा रहेका छन् । थापाले एक वर्षको अवधिमा पोखराका वडा कार्यालयमा श्रृखलाबद्ध चोरी गरेका थिए ।

उनीसँगै चोरीको सामान किन्ने रुपचन्द्र गोपालीलाई पनि कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको कलंकीमा कम्प्युटर मर्मत पसल चलाएका उनले चोरीको सामान मात्र किनबेच गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

थापा यसअघि पनि डाकाचोरी मुद्दामा दुई पटक जेल परिसकेका व्यक्ति हुन् । पछिल्लो पटक ०७१ सालदेखि ०७४ सम्म जेल बसेका उनी छुटेलगतै फेरि चोरी धन्दामा लागेको पाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।




भर्खरै