१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जामा जालमा बेरिएर दुई जनाको मृत्यु



अ+ अ-

स्याङ्जा । स्याङ्जाको चापाकोट ५ काउरेस्थित ज्याग्दी खोलामा माछा मार्ने क्रममा माछा मार्न प्रयोग गरिने जालमा बेरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गिलाङ का ५५ वर्षीय वीरबहादुर थापा र ४५ वर्षीय नीरबहादुर आलेको रहेका छन् ।

चापाकोट ५ का वडाध्यक्ष इन्द्र शाहीका अनुसार सोमबार साँझ उनीहरु ३ जना मिलेर ज्याग्दी खोलामा माछा मार्न गएका थिए। खोलामा पुगेपछि हातमा रहेको जाल फ्याक्ने क्रममा भेलले वीरबहादुर थापालाई पल्टायो र जालभित्र फसे। त्यसपछि थापालाई उद्धार गर्न गएका आले पनि सोही जालमा फसे।

मृतक आले र थापा दुबैको शव परीक्षणपछि मंगलबार आफन्तलाई बुझाइएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक इन्द्रप्रसाद चौधरीले जानकारी दिए।