४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

कस्मेटिकका नाममा अवैध रूपमा औषधिजन्य पदार्थ आयात

कस्मेटिकका नाममा अवैध रूपमा औषधिजन्य पदार्थ आयात
अ+ अ-

काठमाडौं । औषधि व्यवस्था विभागको सिफारिसपत्रबिना नै औषधिजन्य क्रिम अवैध ढंगले नेपाली औषधि बजारमा भित्रिने क्रम बढेको छ । विभागको सिफारिसपत्रबिना औषधिजन्य क्रिम आयात गर्न नपाइने प्रावधान रहे पनि अवैध तरिकाले नेपाल भित्रने क्रम बढ्दै गइरहेको छ ।

औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक पानबहादुर क्षत्रीले दर्ता नभएका कम्पनीबाट कस्मेटिकका नाममा औषधीजन्य क्रिम भित्रिएको बताए । उनले भने, ‘चिकित्सकको सल्लाहबमोजिम मात्र प्रयोग गर्नुपर्ने औषधिजन्य क्रिम तथा मलम विभागले गरेको अनुगमनका क्रममा निर्वाध रूपमा नेपाली बजारमा बिक्री भइरहेको पाइएको छ । त्यस्ता उत्पादन भन्सार पास भई प्रशोधनका रूपमा आएको भन्ने सम्बद्ध व्यक्तिबाट खुल्न आएको छ ।’ उनले दर्ता नभएका कम्पनीबाट औषधि आयात भए कानुनको दायरामा ल्याउने बताए ।

छाला तथा यौनरोग विशेषज्ञ डा. सञ्जुबाबु श्रेष्ठले चिकित्सकको सल्लाहबिना प्रयोग गरिने औषधिजन्य क्रिमले साइड इफेक्टको जोखिम बढी हुने बताए । उनले भने, ‘औषधिमा केमिकल हुन्छ । साइड इफेक्ट त भइहाल्छ । तर, डाक्टरको सल्लाह लिइयो भने जोखिमको सम्भावना कम हुन्छ । ’

औषधि व्यवस्था विभागले कतिपय औषधिजन्य क्रिम तथा मलम निर्वाध रूपमा नेपाली बजारमा बिक्री हुँदै आइरहेको पाइएको भन्दै विभागको प्रमाणपत्र र सिफारिसपत्रबिना भन्सार जाँच पास नगर्न भन्सार विभागलाई अनुरोध गरेको छ ।

विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘विभागमा दर्ता नभएका औषधिजन्य मलम र क्रिम पैठारीमा आवश्यक नियन्त्रणका लागि विभागबाट जारी प्रमाणपत्र र सिफारिसपत्रबिना भन्सार जाँच पास नगरिदिनुहुन अनुरोध छ ।’

औषधि दर्ता तथा निकासी पैठारीसम्बन्धी कानुनी व्यवस्था हुँदाहुँदै पनि कतिपय औषधिजन्य मलम तथा क्रिम निर्वाध रूपमा नेपाली बजारमा बिक्री भइरहेको पाइएको छ । औषधि ऐन, २०३५ मा औषधि पैठारी गर्न चाहने व्यक्तिले आफूले पैठारी गर्न चाहेको अनुज्ञापत्र प्राप्त कम्पनीको प्रत्येक औषधिको पैठारी गर्नुभन्दा अघि तोकिएको दस्तुर तिर्नुपर्ने प्रावधान छ । औषधि निकासी पैठारी गर्न विभागबाट सिफारिसपत्र लिनुपर्ने ऐनमा उल्लेख छ । छालाको रोगमा प्रयोग हुने प्रयोग हुने औषधि र औषधिजन्य पदार्थ हेलोबेटासोल, क्लोबेटासोल, बेटामेथासोन, बेक्लोमेथासोन, मोमेटासोनलगायतका कम्बिनेसन औषधि आयात भइरहेका छन् ।

यस्तै, मोमेटासोनजस्ता स्टोरोइडसँग कम्बिनेसनमा र छालाको फगंल इन्फेक्सनमा प्रयोग हुने माइकोनाजोल, क्लोट्रिमाजोल, लुलिकोनाजोल, केटोकोनाजोल, टरविनाफिन, बुटेनाफिनलगायत एन्टिबायोटिक कम्बिनेसनमा, दुखाइमा प्रयोग हुने डाइक्लोफिनाक, निम्सुलाइड, डेक्सकेटोरफेनलगायत एनाल्जेसिक एन्टिइम्फ्लामेटिक साथै सेम्फु र लोसनको नामबाट केटोकोनाजोल परमेथरिन, क्यालामिन लोसन र सेम्फु पनि बिक्री भइरहेका छन् ।

यस्तै, गार्गलको नामबाट क्लोरोहेग्जिडिन, बेन्जाडामिन, पोभिडिन आयोडिन आदि बिक्री भइरहेका छन् । यी औषधि नेपालभित्र कस्मेटिकका रूपमा नेपाली बजारमा भित्रिने गरेका छन् । तर, औषधि पसलबाट बिक्री भइरहेको गुनासो आएपछि औषधि व्यवस्था विभागले निरीक्षण गरेको थियो ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।