४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

मन्त्री नै ठेकेदार, अधिकांश सडक अधुरा

मन्त्री नै ठेकेदार, अधिकांश सडक अधुरा
अ+ अ-

सुर्खेत । सम्झौता अनुसार काम भएको भए पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाअन्तर्गत पर्ने सुवाघाट–टुँडीखेल जोड्ने सडक गत आर्थिक वर्षभित्रै निर्माण सम्पन्न भएर गाडी सञ्चालन भइसक्थे। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २५ किलोमिटर यो सडक निर्माणको जिम्मा लुम्बिनीरएमकेरलोहनी जेभी काठमाडौंले लिएको थियो। गत आर्थिक वर्षभित्रै निर्माण सम्पन्न हुनुपर्ने सडकको भौतिक प्रगति २१ प्रतिशत मात्रै छ।

२०७४ असार २८ गते सो निर्माण कम्पनीले १२ करोड ४५ लाख ४० हजार ९४२ रुपैयाँमा २०७६ असार मसान्तभित्र काम सक्ने गरी ठेक्का सम्झौता गरेको थियो। सम्पन्न गर्ने समयसम्म २१ प्रतिशत मात्रै भौतिक प्रगति गरेको कम्पनीलाई सडक डिभिजन कार्यालय चौरजहारी (रुकुम पश्चिम) ले एक वर्ष म्याद थपेको छ।

प्रदेश मन्त्रालय मातहत आउनुअघि यो सडक डिभिजन सडक कार्यालय सुर्खेतको कार्यक्षेत्रभित्र थियो। उतिबेलै समयमै काम सम्पन्न गर्न डिभिजन सडक कार्यालयले निर्माण कम्पनीलाई तीनपटक पत्र काट्यो। निर्माण कम्पनीले कुनै पनि पत्रको जवाफ दिएन्। ‘उतिबेला निर्माण कम्पनीबाट एउटै पत्रको पनि जवाफ आएन्,’ डिभिजन सडक कार्यालयका एक कर्मचारीले भने, ‘अहिले प्रदेश मातहत गएपछि झन् डामाडोल भएको सुनेका छौं। ’

अहिले धेरैजसो सडक आयोजना प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत छन्। सुवाघाट–टुँडीखेल सडकको जिम्मा पाएको लुम्बिनीरएमकेरलोहनी जेभीका सञ्चालक प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्री हुन्। सुर्खेतमा उक्त सडकसहित मन्त्री खत्री सञ्चालक रहेको निर्माण कम्पनीले चारवटा सडकको ठेक्का पाएको छ। सो कम्पनीले ठेक्का लिएका कुनै पनि सडकको काम सन्तोषजनक छैन्।

त्यस्तै बोटेचौर–धारापानी सडक निर्माण सम्झौता भएको २४ महिना भयो। ३६ महिनामा सम्पन्न हुनुपर्ने यो सडकको भौतिक प्रगति अहिलेसम्म ११ प्रतिशत मात्रै छ। सुर्खेत र सल्यानको सिमाना हुँदै साबिकको धारापानी गाविसको केन्द्र जोड्ने ५२ किलोमिटर यो सडक कहिले निर्माण सम्पन्न हुने हो टुंगो छैन्। १६ करोड ८२ लाख ३७ हजार रुपैयाँमा निर्माण गर्ने ठेक्का पाएको महालक्ष्मीरकिरातेश्वररप्रदीप जेभीले ठेक्का रकमको ८.२ प्रतिशत भुक्तानी लगिसकेको छ। मन्त्री खत्री नै संलग्न रहेको सो निर्माण कम्पनीले काममा चासो नदिँदा भौतिक प्रगति न्यून भएको स्थानीय बताउँछन्। साबिकको धारापानीमा अहिलेसम्म सडक पुगेको छैन्। ‘ठेकेदार विभागीय मन्त्री हुँदा समयमै काम भएन्,’ गुर्भाकोट नगरपालिकाका एक जनप्रतिनिधिले भने, ‘त्यसैले नगरपालिका आफैंले धारापानीसम्म सडक पुर्याउन काम गरिरहेको छ। ’ धारापानी अहिले गुर्भाकोट नगरपालिकामा पर्छ।

मन्त्री खत्रीले जेभीमार्फत ठेक्का लिएर व्यावसायिक साझेदारलाई अख्तियारी दिएका सडकको प्रगति भने सन्तोषजनक देखिन्छ। मन्त्री खत्री नै संलग्न रहेको महालक्ष्मीरकिरातेश्वररप्रदीप जेभीले नै ठेक्का लिएका पिपिरा–देउतीबज्यै–ढोलढुंगा–थारुगाउँ–अमृतडाँडा सडक र रत्नराजमार्ग–नयाँगाउँ–घुस्रा–इन्जिनियरिङ क्याम्पस–सानो सुर्खेत सडकको भौतिक प्रगति राम्रो छ। यी दुवैै सडक उनका व्यवसायिक साझेदार सूर्य रावतले हेरिरहेका छन्।

१७ करोड ३३ लाख २१ हजार रपैयाँमा ठेक्का लागेको पिपिरा–देउतीबज्यै–ढोलढुंगा–थारुगाउँ–अमृतडाँडा सडकको भौतिक प्रगति ७० प्रतिशत छ। २०७४ असार २८ गते ठेक्का सम्झौता भएको यो सडकको अवधि २०७६ असार २७ सम्म छ। यस्तै २१ करोड ७४ लाख ८० हजार रुपैयाँमा ठेक्का लिएको रत्नराजमार्ग–नयाँगाउँ–घुस्रा–इन्जिनियरिङ क्याम्पस–सानो सुर्खेत सडकको पनि भौतिक प्रगति ४८ प्रतिशत छ। ‘उनी (खत्री) आफैंले जिम्मा लिएका सडकको वित्तीय प्रगति अत्यन्तै न्यून छ,’ सडक डिभिजन कार्यालयका एक कर्मचारीले भने, ‘उनले ठेकका लिएर अरुलाई हेर्ने जिम्मा लगाएका सडकको काम भने सन्तोषजनक छ।’, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।