४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

नेपालमा भारतीय रुपैयाको अभाव

नेपालमा भारतीय रुपैयाको अभाव
अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकसँग सञ्चित रहेको भारतीय रुपैयाँ कम हुँदै गएपछि सर्वसाधरणले अत्यावश्यक अवस्थामा समेत सटही सुविधा पाउन छाडेका छन् । राष्ट्र बैंकले सर्वसाधरणको सहज पहुँचका लागि वाणिज्य बैंकहरूलाई हरेक साता पाँच लाख भारु दिँदै आएकोमा केही सातायता १५ दिनमा एकपटक मात्र उक्त परिमाणको भारु दिँदै आएको छ ।

वाणिज्य बैंकले राष्ट्र बैंकले सीमित भारु उपलब्ध गराएकाले सर्वसाधारणलाई मागअनुसार भारु दिन नसकिएको बताएका छन् । नेपालसँग साढे दुई सय अर्ब भारतीय रुपैयाँको सञ्चिति छ । भारतीय रुपैयाँको अहिलेको सञ्चितिले नै साढे तीन वर्ष धान्ने राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागकी कार्यकारी निर्देशक सरिता भट्ट (अधिकारी) बताउँछिन् । उनले नगद बोक्न जोखिमसमेत हुने भएकाले कार्डको प्रयोगमा अभ्यस्त हुन बैंकले आफ्ना ग्राहकलाई सिकाउनुपर्ने बताइन् ।

कार्डको प्रयोगमार्फत भारतमा भुक्तानी गर्न सकिने भएपनि तीर्थयात्री, विद्यार्थी, उपचार तथा अन्य विविध प्रयोजनले भारत जानेले सानो परिमाणमा भए पनि नगद सटही माग गर्ने गरेका छन् । कहिलेकाहीं कार्डले काम गरेन भने अलपत्र नपरियोस् भनेर भारत जानेले केही नगद बोकेर जाने गरेका छन् । यसका अतिरिक्त नेपालमा न्यून वेतनको काम गर्ने (बैंकको प्रयोग नगर्ने) भारतीय नागरिकले समेत भारतीय रुपैयाँ सटही माग गर्ने गरेका छन् ।

राष्ट्र बैंकले उपचारका लागि भारत जानेलाई बढीमा २५ हजार भारुसम्मको सटही सुविधा दिँदै आएको छ । यस्तै सामान्य अवस्थामा भारत जानेलाई हवाई या रेलको टिकट हेरेर १० हजार भारुसम्मको सटही सुविधा दिनुपर्ने व्यवस्था गरेको छ । तर, नगद अभाव हुँदा सर्वसाधरणले चारदेखि पाँच हजार भारु पनि सहजै प्राप्त गर्न सकिरहेका छैनन् ।

‘नगद भारु सटहीका लागि आउनेलाई थोरै सटही दिएर सकेसम्म कार्ड प्रयोग गर्न प्रोत्साहित गरिरहेका छौं’, एक वाणिज्य बैंकका सीईओले भने, ‘राष्ट्र बैंकले बैंकलाई दिँदै आएको भारु एक्कासी घटाएपछि मागअनुसार सटही दिन समस्या भएको हो ।’

भारतीय रुपैयाँको माग कम भएको भन्दै गत वर्ष राष्ट्र बैंकले भारतीय रिजर्व बैंकसँग खरिद गरेर ल्याउने गरेको नगदको परिमाण घटाएको थियो । भारतीय रिजर्भ बैंकले नेपाललाई हरेक वर्ष ६ अर्ब भारतीय रुपैयाँ सटहीको सुविधा दिएको भए पनि पछिल्लो वर्ष नेपालले उक्त सुविधा उपयोग गरेको छैन । २०७३ कात्तिक २३ मा भारत सरकारले पाँच सय र हजार दरका भारतीय नोटको वैधता हटाउने निर्णय लिएपछि भारतले नेपाललाई मागअनुसार नगद दिन सकेको थिएन । भारतीय रिजर्व बैंकले वैधता खोसिएका ठूला दरका भारतीय बैंक नोट सटही नगरेपछि नेपालले सय भारुभन्दा ठूलो परिमाणको नोट नेपालभित्र नचलाउने निर्णय गरेको छ । उक्त निर्णय कायमै छ । पाँच सय र एक हजार दरका भारतीय नोटको वैधता खारेजीपछि भारतभित्रै सय दरका भारतीय नोटको माग बढ्दा रिजर्ब बैंक अफ इन्डियाले नेपाललाई दिएको सुविधाअनुसार नगद उपलब्ध गराउन सकेको थिएन ।

नेपालले भारतीय रिजर्व बैंकसँग खरिद गरेको नगदको कन्साइन्मेन्ट कोलकाताबाट हवाइमार्ग या पानीजहाजमार्फत भित्र्याउने गरिएको छ । ‘गत वर्ष नगद भारुको माग घटेकाले नगद ल्याउँदाको लागत तथा जोखिमसमेत हेरेर सटही सुविधा बराबरको भारु नल्याइएको हो’, राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भने । विगतमा भने वर्षमा तीनदेखि चारपटकको कन्साइन्मेन्टमा दिएको सुविधाअनुसारको नगद भित्र्याउने गरिएको थियो ।’

भारतले नेपाललाई ठूला दरका भारतीय रुपैयाँ चलाउन आग्रह गरे पनि नेपालले ठूला दरका भारतीय रुपैयाँ नेपालभित्र प्रयोगमा नल्याउने भएको छ । गत वर्ष भारु सटहीको माग कम भएपछि राष्ट्र बैंकले कार्ड प्रयोगका कारण माग घटेको हुनसक्ने अनुमान गरेको प्रवक्ता निरौला बताउँछन् । ‘तर यस वर्ष फेरि बेस्सरी माग बढेको छ’, उनले भने, ‘आवश्यकताअनुसार हामीले रिजर्ब बैंकलाई आग्रह गरेर नगद ल्याउन सक्छौं ।’, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।