१० भाद्र २०८३, बुधबार
,
Latest
प्रधानमन्त्री शाह : ‘बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ’ रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक…
तपाईं के खोज्दै हुनुहुन्छ ?

५९ किलो गाँजासहित दुई जना पक्राउ



अ+ अ-

हेटौंडा । मकवानपुर प्रहरीले ५९ किलो ५८० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

हेटौंडा उपहानगरपालिका– १० बसपार्क सडकखण्डबाट मकवानपुरको कैलाश गाउँपालिका–६ बस्ने २० वर्षीय भिमसेन मोक्तान र सोही ठाउँकै २६ वर्षीय रोशन लामालाई पक्राउ गरिएको हो ।

भिमसेन चलाएको ५ ख १८२५ नम्बरको मिनी ट्रकको चालक बस्ने सिट मुनि लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ । गाँजा बरामद भएपछि सोही ट्रकमा सवार लामालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।