२५ पुष २०८१, बिहीबार
,
Latest
मुग्लिन–मलेखु सडक विस्तारका क्रममा सवारी नरोकिने सुनचाँदीको मूल्यमा सामान्य वृद्धि आगलागीमा परी एक जनाको मृत्यु अस्ट्रेलियामा अपार्टमेन्टबाट खसेर नेपाली नर्सको मृत्यु डिल्लीबजार कारागारबाट जिल्ला न्यायाधीध भुवन गिरीको बकपत्र भारतको बीआईएस प्रमाणपत्र सरह नेपालले दिने गुणस्तर प्रमाणपत्रले मान्यता पाउनुपर्छः निजी क्षेत्र वायुसेवा निगममा देखिएका समस्या सुधारका लागि नेपाल वायुसेवा निगम अध्ययन समिति गठन पृथ्वीजयन्तीमा ‘पृथ्वीनारायण शाह’ पुस्तक आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने परराष्ट्र सचिवको प्रतिबद्धता काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यादी बेनीका वडाध्यक्षलाई मोसो र चप्पलको माला



अ+ अ-

म्याग्दी । म्यादीको बेनी नगरपालिका २ का वडाध्यक्ष हिराबहादुर थापालाई मोसो र चप्पलको माला लगाएर दुर्व्यवहार गरिएको छ।

वडा कार्यालयमा काम गरिरहेका अबस्थामा बिहीबार बिहान ११ बजे थापालाई मोसो र माला लगाइएको हो।

मोसो लगाउने समूहको पहिचान भइनसकेको तर नेत्र विक्रम चन्द विप्लव समूहले लगाएको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष थापालाई विप्लव समूहले विद्यालय लगायतमा भ्रष्टाचार तथा अनियमितताको आरोप लगाउँदै आएको थियो।