१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुडासैनी आत्महत्या प्रकरणः रुकु भनिने अस्मिता पक्राउ, रवि र युवराज निगरानीमा



अ+ अ-

काठमाडौँ । टेलिभिजन पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुपूर्व सार्वजनिक भएको भिडियोमा उनले उल्लेख गरेकी युवती ओखलढुंगाकी रुकु भनिने अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

नर्ससमेत रहेकी कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले काठमाडौंबाट बिहीबार पक्राउ गरेको हो । अस्मितालाई पक्राउ गरी भरतपुर लगिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दान मल्लले पुडासैनी हत्या प्रकरणको अनुसन्धान अघि बढिसकेकाले रवि लामिछाने र युवराज
कँडेल पनि प्रहरीको निगरानीमा रहेको बताएका छन्। पत्रकार शालिकरामले आत्महत्या गर्नुअघि खिचेको भिडियोमा लामिछाने, कँडेल र अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्नुपरेको कुरा उल्लेख गरेका थिए।




भर्खरै